Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०
खजुरा, नेपालगञ्ज । बाँकेमा तेश्रोपटक पनि एकै गाउँका थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ । दुईदिनअघि १५ जना संक्रमित भेटिएको बाँकेको नेपालगञ्जमा आज तेश्रोपटक पनि थप ७ जनामा कोरोना संक्रमण भेटिएको हो । गत आइतबार नेपालगञ्जको सो क्षेत्रमा बस्ने ९ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

यस्तै सोही दिन गरिएको थप परीक्षणका क्रममा साँझ अरु ६ जनामा कोरोना संक्रमण भेटिएको थियो । संक्रमितहरुको नेपालगजमा रहेको भेरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचार भै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार नेपालगञ्ज नगरपालिका वडा नम्बर ८ बस्ने २२, ३० र ४० वर्षका पुरुष तथा ९, ३२, ३४ र ५५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको हो ।
भेरी अञ्चल अस्पतालले गरेको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित
२०७८ श्रावण ६ गते बुधबार
२१ जुलाई, २०२१बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका...
कोरोना संक्रमणबाट पहिलो पटक नेपालीको मृत्यु : संखुवासभाका राईले लण्डनमा गुमाए ज्यान
२०७६ चैत्र ८ गते शनिबार
२१ मार्च, २०२० लण्डन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका...
नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु
२०७७ श्रावण २१ गते बुधबार
०५ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाबाट २४...
अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’
२०७६ फाल्गुन १६ गते शुक्रबार
२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना...
Top