Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०
खजुरा, नेपालगञ्ज । बाँकेमा तेश्रोपटक पनि एकै गाउँका थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ । दुईदिनअघि १५ जना संक्रमित भेटिएको बाँकेको नेपालगञ्जमा आज तेश्रोपटक पनि थप ७ जनामा कोरोना संक्रमण भेटिएको हो । गत आइतबार नेपालगञ्जको सो क्षेत्रमा बस्ने ९ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

यस्तै सोही दिन गरिएको थप परीक्षणका क्रममा साँझ अरु ६ जनामा कोरोना संक्रमण भेटिएको थियो । संक्रमितहरुको नेपालगजमा रहेको भेरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचार भै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार नेपालगञ्ज नगरपालिका वडा नम्बर ८ बस्ने २२, ३० र ४० वर्षका पुरुष तथा ९, ३२, ३४ र ५५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको हो ।
भेरी अञ्चल अस्पतालले गरेको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने
२०७७ असार २५ गते बिहिबार
०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र...
लकडाउन जेठ ३२ सम्म लम्बियो
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०काठमाडौं । सरकारले कोरोना रोग नियन्त्रणका लागि...
युरोपका उदाहरणीय एक नेपाली बुबा : जसले कहिल्यै हार मानेनन्
२०७९ फाल्गुन १५ गते सोमबार
२१ औं शताब्दीको अहिलेको जमानामा पनि हाम्रो समाज कतिपय...
नेपालले नयाँ नक्सा जारी गरेपछि भारतको पहिलो औपचारिक प्रतिक्रिया : ‘नयाँ नक्सा स्वीकार्न सकिन्न’
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०काठमाडौं । नेपाल सरकारद्वारा आज जारी भएको...
Top