कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो

Best Khabar Team | २०७७ बैशाख २२ गते सोमबार


०४ मे, २०२०
लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको दोश्रो साता चीनको बुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हालसम्म विश्वभर २ लाख ५० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । विश्वका झण्डै २ सय देशमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको र मृतकको संख्या यो समाचार अपलोड गर्ने समयसम्म २ लाख ५० हजार ३ सय २५ पुगेको छ ।

यस्तै हालसम्म कोरोनाका कारण विश्वभर ३६ लाख १३ हजार ८४ जना संक्रमित बनेका छन् । आजमात्रै विश्वभर ४९ हजार ३ सय ९५ जना नयाँ संक्रमित भेटिएका छन् । त्यसमा सबैभन्दा बढी अमेरिकामा नयाँ संक्रमित भेटिएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या हालसम्म १२ लाख ७ सय ९४ पुगेको छ । अमेरिकामा यो समाचार तयार पर्दासम्म कोरोनाबाट ६९ हजार १ सय १६ जनाको ज्यान गएको छ । अमेरिकामा हालसम्म १ लाख ८० हजार ३ सय २९ जनाको सफल उपचार भएको छ । १६ हजार ३९ जना अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित र प्रभावित मुलुक हो ।

अमेरिकापछि हालसम्म सबैभन्दा बढी मानिसको मृत्यु इटलीमा भएको छ । तर संक्रमितको संख्या हेर्दा अमेरिका भन्दा युरोपेली मुलुक स्पेन बढी प्रभावित छ । स्पेनमा यो समाचार तयार गर्दासम्म २ लाख ४८ हजार ३ सय १ जना संक्रमित भेटिएका छन् । जुन अमेरिकापछि विश्वमै सबैभन्दा धेरै संक्रमित भेटिएको देश हो । यस्तै स्पेनमा हालसम्म कोरोनाका कारण २५ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् । यही समयमा इटलीमा कोरोनाबाट २९ हजार ७९ जनाको ज्यान गएको छ । इटलीमा आजमात्रै १ सय ९५ जनाको ज्यान गएको छ । तर पछिल्ला दिनहरुमा इटली र स्पेन दुबै देशमा मृतक तथा संक्रमितको संख्या विस्तारै घट्न थालेको छ । यी देशहरुले लकडाउनको मोडालिटीमा पनि विस्तारै परिवर्तन गर्ने तयारी गरेका छन् ।

इटली र स्पेनपछि पूर्व युरोपेली मुलुक बेलयातमा संक्रतिको संख्या १ लाख ९० हजार ५ सय ८४ पुगेको छ । बेलायतमा हालसम्म २८ हजार ७ सय ३४ जनाको मृत्यु भएको छ भने कति विरामी निको भएर घर फर्के भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

यस्तै युरोपेली मुलुक फ्रान्समा पनि कोरोनाका कारण हालसम्म १ लाख ६८ हजार ६ सय ९३ जना संक्रमित बनेका छन् । ती मध्ये २४ हजार ८ सय ९५ जनाको ज्यान गै सकेको छ । यस्तै युरोपेली मुलुक जर्मनीमा हालसम्म ६ हजार ८ सय ६६ जनाको ज्यान गएको छ भने १ लाख ६५ हजार ७ सय ४५ जना संक्रमित भेटिएका छन् ।

संक्रमितको हिसावले जर्मनीपछि रसिया अग्रस्थानमा आएको छ । रसियामा हालसम्म १ लाख ४५ हजार २ सय ६८ जना संक्रमित भेटिएका छन् । ती मध्ये १ हजार २ सय ५६ जनाको ज्यान गै सकेको छ । यस्तै टर्की, ब्राजिल, इरान, चाइना, क्यानेडा, बेल्जियम, पेरु, भारत, नेदरल्याण्ड, इक्वेडर, स्वीट्जरल्याण्ड, साउदी अरेविया, पोर्चुगल, मेक्सिको, स्वीडेनलगायतका देशहरु क्रमश बढी संक्रमित भएका देशहरुमा रहेका छन् । कोरोनाका कारण विश्वभरको आर्थिक व्यवस्था तहसनहस बनेको छ । जसका कारण विश्वमा करोडौं मानिसको रोजगारी गुमेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको...

बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित) बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित)

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९एन्त्रोपेन । तेजेन्द्र कँडेलद्वारा निर्मित नेपाली चलचित्र...

घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

२०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०सान्ता मारिया, मेक्सिको । अमेरिकासँग सिमाना जोडिएको...

Top