Best Khabar Team | २०७७ बैशाख २२ गते सोमबार

०४ मे, २०२०
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षकसहित बहालवाला दुईजना सांसद विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौं अपहरण र शरीर बन्धकसम्बन्धी उजुरी दर्ता भएको छ ।
केहीदिन अघि महोत्तरीबाट समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई जर्वजस्ती अपहरण गरी काठमाडौं ल्याइएको र उनलाई होटलमा बन्धक बनाएर राखिएको भन्दै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठका विरुद्ध अपहरणको अरोपमा कारबाहीका लागि सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता भएको हो ।

उजुरी कर्ता यादवले उजुरीमा अभियुक्तहरुलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा हदैसम्म कारबाहीको माग गरेका छन् । यसअघि सोही प्रकरणको उजुरी दर्ताका लागि डा. बाबुराम भट्टराईलगायतका नेताहरु प्रहरीकोमा गएको भएपनि प्रहरीले सो उजुरी लिन मानेको थिएन । अब सरकारी वकिलको कार्यालयले आवश्यक कारबाहीको लागि प्रहरी कार्यालयमा पत्राचार गर्नेछ ।
खनाल, बस्नेत र श्रेष्ठ मिलेर आफूलाई जर्वजस्ती काठमाडौं ल्याएको भन्दै पूर्वमन्त्री समेत रहेका यादवले काठमाडौंको एक होटलमा थुनेर राखेको अवस्थामा आफू त्यहाँबाट भागेर ज्यान जोगाएको भन्दै सञ्चारमाध्यममा अन्र्तवार्ता दिँदै आएका छन् । कोरोनाको प्रकोपका बेला भएको लकडाउनकै बीचमा आफूलाई उनीहरुकै निजी गाडीमा हालेर जर्वजस्ती काठमाडौं ल्याइएको सांसद यादवको भनाई छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...
चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)
२०७७ जेठ २८ गते बुधबार
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...
धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन...
येसु ख्रिस्ट र भगवान कृष्ण !
२०७६ मंशिर २३ गते सोमबार
विश्वमा सबैभन्दा बढी पढिने र चर्चा गरिने पात्र दुईवटा...
Top