भारतमा अलपत्र नेपालीको व्यवस्थापन गर्न दूतावासलाई सरकारको निर्देशन

Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार


०३ मे, २०२०
काठमाडौं । लकडाउनका कारण भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको व्यवस्थापन भारतमा रहेको नेपाली दूतावासले गर्ने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले लकडाउनका कारण भारतमा अलपत्र नेपाली मजदूर, विद्यार्थीलगायतको व्यवस्थापन गर्न भारतस्थित नेपाली दुतावासलाई निर्देशन दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को आजको बैठकमा कतिपय मन्त्रीहरुले भारतीय भूमि तथा नेपाल भारत सिमावर्ती क्षेत्रमा अलपत्र परेका करिब ३ हजार नेपाली नागरिकलाई तत्काल नेपाल ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल उनीहरुलाई नेपाल ल्याउँदा कोरोना संक्रमणको जोखिम पनि फैलने भएकोले त्यसको सट्टा भारतमै रहेको नेपाली दुतावासलाई अलपत्र परेका नेपाली नागरिकको व्यवस्थापनको जिम्मा दिनुपर्ने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीको यो प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको बैठकमा सहभागी एक मन्त्रीले बताएका छन् । अलपत्र मजदुर तथा विद्यार्थीको व्यवस्थापनका लागि भारतमा रहेको नेपाली दूतावासलाई थप आर्थिक सहयोग गर्ने निर्णय पनि बैठकमा भएको छ । यसका लागि परराष्ट्रमन्त्रालयलाई आवश्यक तयार थाल्न निर्देशन दिइएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण नेपाल र भारतमा लकडाउनको समयावधि लम्बँदै गएपछि मजदुरीका लािग भारत पुगेका सयौं मजदुर र विद्यार्थी अलपत्र परेका छन् । प्रधानमन्त्रीले आवेगमा आएर जोखिमपूर्ण निर्णय गर्नुभन्दा बरु यथास्थानमै उचित व्यवस्था गर्न सकिए त्यो उत्तम हुने बताएका छन् ।

बैठकमा प्रधानमन्त्रीले कोरोना नियन्त्रणका लागि सिमावर्ती क्षेत्रमा थप कडाई गर्न सम्बन्धित सरोकारवालालाई निर्देशन दिएका छन् । भारतले दुईदिन अघि थप दुई साताका लागि लकडाउनको समयावधी लम्ब्याएपछि सिमामा रहेका नेपालीहरु थप समस्यामा परेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना : नयाँ संक्रमित भन्दा निको भएर घर फर्कनेको संख्या बढी नेपालमा कोरोना : नयाँ संक्रमित भन्दा निको भएर घर फर्कनेको संख्या बढी

२०७७ श्रावण १ गते बिहिबार

१५ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्ला केहीदिनयता कोरोना संक्रमितको...

सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो

२०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा...

अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२०वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी...

‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’...

Top