सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी

Best Khabar Team | २०७६ असार ६ गते शुक्रबार


२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका नेकपा विप्लव समूहका जिल्ला इन्चार्जको हत्याको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले छानिबन थालेको छ ।

नवलपरासीबाट सिन्धुली जाने भित्री बाटोमा भएको भिडन्तमा प्रहरीको गोली लागेर ज्यान गुमाएका कुमार पौडेलको मृत्यु भिडन्तमा नभै प्रहरीले घेरा हालेर गरेको आरोप स्थानीय तथा नेकपाका कार्यकर्ताले लगाएपछि आयोगले यो घटनाको विषयमा छानबिन थाल्न शुरु गरेको हो । आयोगको एक टोली घटनास्थलतर्फ जाने घटनाको सत्यतथ्य छानबिन गर्न लागिएको आयोग स्रोतको दाबी छ । सरकारले फागुनको अन्तिमसातादेखि विप्लव समूहको राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाएपछि उसमाथि धरपकड शुरु गरेको छ । यही क्रममा हिजो कुमारको हत्या भएको थियो ।

प्रहरीले भने दोहोरो भिडन्तमा उनको ज्यान गएको जनाएको छ । पछिल्लो ६ महिनायता मृतक कुमारले चन्दा संकलन कार्यलाई तीब्रता दिएको सूचना पाएको प्रहरीको कारबाहीमा हिजो उनको मृत्यु भएको थियो । प्रहरीले भने नम्बर नखुलेको तथा ना २२ प ६४ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई लक्षित गरी गोली चलाएपछि त्यसको जवाफी कारबाही तथा प्रतिरक्षाका लागि गोली चलाउँदा एक जनाको मृत्यु भएको जनाएको छ । प्रहरीले उनको साथबाट कटुवा पेस्तोल, थ्रीनटथ्री बन्दुकको तीन राउण्ड गोली र म्यागजिन बरामद भएको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नागरिकता संशोधन कानुनलाई लिएर दिल्लीमा जारी प्रदर्शन उग्रबन्दै नागरिकता संशोधन कानुनलाई लिएर दिल्लीमा जारी प्रदर्शन उग्रबन्दै

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन...

पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा……. पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा…….

२०७६ पुष १९ गते शनिबार

काठमाडौं । पुस १८ गते शुक्रबार, बिहानैदेखि काठमाडौंको मौसम...

कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक...

दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै...

Top