भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’

Best Khabar Team | २०७७ बैशाख १९ गते शुक्रबार


०१ मे, २०२०
उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यहाँको सरकारले लकडाउनको समयावधि फेरि थप गरेको छ । गृहमन्त्रालयका अनुसार पछिल्ला केही दिनयता भारतमा कोरोना संक्रमित थपिने क्रम जारी रहेका कारण थप २ साताका लागि लकडाउन बढाईएको हो । गत मार्च २४ देखि भारतमा लकडाउन शुरु भएको थियो भने अप्रिल १५ मा दोश्रो चरणको लकडाउन घोषणा गरिएको थियो ।

दोश्रो चरणको लकडाउनको समयावधि सकिन २४ घण्टा बाँकी गृहमन्त्रालयले फेरि २ साताका लागि भन्दै आज लकडाउनको समय थप गरेको हो । । यो सँगै अबको १५ दिन भारतमा लकडाउन हुनेछ । विशेषगरी भारतका गुजरात, नयाँदिल्ली र महाराष्ट्रलगायतका राज्यमा कोरोना संक्रमणले महामारीको रुप लिएको छ ।

भारतमा यो समाचार तयार पार्दासम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३५ हजार नाघेको छ । यस्तै १ हजार १ सय ५४ जनाको कोरोना संक्रमणकै कारण ज्यान गै सकेको छ । कोरोनालाई जितेर घर फर्कनेको संख्या ९ हजारभन्दा बढी रहेको छ । भारत सरकारले अहिले देशका सबै क्षेत्रलाई उच्च जोखिम, जोखिम र सामान्य जोखिमको क्षेत्रमा बर्गिकरण गरिदिएको छ । सरकारको यो बर्गीकरण सँगै कम जोखिम रहेका जिल्लाहरुमा अबको दुईसाता पछि लकडाउन खुकुलो गर्ने तयारी भएको बुझिएको छ ।

तर राजधानी दिल्ली, महाराष्ट्र लगायतका सबै जिल्लाहरुलाई उच्च जोखिमपूर्ण क्षेत्रको रुपमा राखिएको छ । भारतले अहिले लकडाउनका क्रममा देशका विभिन्न क्षेत्रमा अलपत्र परेका मजदुरलगायतलाई गन्तव्यमा पु-याउनका लागि रेल सेवा शुरु गरेको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । नेपालमा आज एकैदिन ७४ जनामा...

अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए

२०७६ असार १९ गते बिहिबार

०४ जुलाई, २०१९ टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग...

पर्वतमा कोरोना : ८ जना निको भएर घर फर्के, ५ नयाँ संक्रमित थपिए पर्वतमा कोरोना : ८ जना निको भएर घर फर्के, ५ नयाँ संक्रमित थपिए

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०फलेबास, पर्वत । गण्डकी प्रदेश अन्र्तगतको पर्वत...

देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्म देशभर रहेका...

Top