भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’

Best Khabar Team | २०७७ बैशाख १९ गते शुक्रबार


०१ मे, २०२०
उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यहाँको सरकारले लकडाउनको समयावधि फेरि थप गरेको छ । गृहमन्त्रालयका अनुसार पछिल्ला केही दिनयता भारतमा कोरोना संक्रमित थपिने क्रम जारी रहेका कारण थप २ साताका लागि लकडाउन बढाईएको हो । गत मार्च २४ देखि भारतमा लकडाउन शुरु भएको थियो भने अप्रिल १५ मा दोश्रो चरणको लकडाउन घोषणा गरिएको थियो ।

दोश्रो चरणको लकडाउनको समयावधि सकिन २४ घण्टा बाँकी गृहमन्त्रालयले फेरि २ साताका लागि भन्दै आज लकडाउनको समय थप गरेको हो । । यो सँगै अबको १५ दिन भारतमा लकडाउन हुनेछ । विशेषगरी भारतका गुजरात, नयाँदिल्ली र महाराष्ट्रलगायतका राज्यमा कोरोना संक्रमणले महामारीको रुप लिएको छ ।

भारतमा यो समाचार तयार पार्दासम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३५ हजार नाघेको छ । यस्तै १ हजार १ सय ५४ जनाको कोरोना संक्रमणकै कारण ज्यान गै सकेको छ । कोरोनालाई जितेर घर फर्कनेको संख्या ९ हजारभन्दा बढी रहेको छ । भारत सरकारले अहिले देशका सबै क्षेत्रलाई उच्च जोखिम, जोखिम र सामान्य जोखिमको क्षेत्रमा बर्गिकरण गरिदिएको छ । सरकारको यो बर्गीकरण सँगै कम जोखिम रहेका जिल्लाहरुमा अबको दुईसाता पछि लकडाउन खुकुलो गर्ने तयारी भएको बुझिएको छ ।

तर राजधानी दिल्ली, महाराष्ट्र लगायतका सबै जिल्लाहरुलाई उच्च जोखिमपूर्ण क्षेत्रको रुपमा राखिएको छ । भारतले अहिले लकडाउनका क्रममा देशका विभिन्न क्षेत्रमा अलपत्र परेका मजदुरलगायतलाई गन्तव्यमा पु-याउनका लागि रेल सेवा शुरु गरेको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०रामनगर, चितवन । अविरल वर्षात्का कारण गएको...

चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए

२०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२० बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको...

आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात  हुने आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको...

आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु

२०७९ फाल्गुन ३ गते बुधबार

१५ फेब्रुअरी, २०२३ लिंकरोभर, बेल्जियम । अबैध आप्रबासीलाई अबैध...

Top