Best Khabar Team | २०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०
लिवाङ्ग । युद्दकालमा जमिनमा छाडिएको बम विस्फोट हुँदा रोल्पाको त्रिवेणीमा ४ जना बालबालिकाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा आज साँझ सो घटना भएको थियो । सशस्त्र युद्दका बेला प्रयोगमा नआएको बम जमिनमा भेटेका बालबालिकाले खेलौना सम्झेर त्यसलाई खेलाउँदा एक्कासी विस्फोट भएको स्थनीयको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाको पुष्टि गरेपनि विस्तृत विवरण प्राप्त हुन नसकेको र अहिले घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जानकारी दिएका छन् । गाउँमा बाख्रा चराएर साँझ घर फर्कँदै गरेका बालबालिकाले सो बम घर नजिकैको जंगल छेउमा भेटेका थिए । हेर्दा खेलौना जस्तो देखिएको सो बम विस्फोट हुँदा चारैजना बालबालिको घटनास्थलमै ज्यान गएको हो ।
घटनामा ज्यान गुमाउने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्री छन्। विजय र विमला एकै परिवारका दिदीभाई रहेका छन् । घटनास्थलमा अर्को बम पनि फेला परेको बताइएको छ । प्रहरीले दिएको जानकारी अनुसार सशस्त्र युद्दका बेला छाडिएको सो बमलाई बालबालिकाले खेलौना सम्झेर खेलाएको र त्यही विस्फोट भएर उनीहरुको ज्यान गएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण
२०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२०वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी...
कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो
२०७६ फाल्गुन २९ गते बिहिबार
१२ मार्च, २०२०नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक...
‘नोभाभ्याक्स’ भ्याक्सिन कोरोना विरुद्ध ८९ प्रतिशतभन्दा बढी प्रभावकारी : विज्ञ
२०७७ माघ १६ गते शुक्रबार
२९ जनवरी, २०२१मेरिल्याण्ड, अमेरिका ।कोरोना भाइरस विरुद्ध निर्माण गरिएको...
फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०काठमाडौं । नेपालमा आज एकैदिन ७४ जनामा...
Top