Best Khabar Team | २०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०
लिवाङ्ग । युद्दकालमा जमिनमा छाडिएको बम विस्फोट हुँदा रोल्पाको त्रिवेणीमा ४ जना बालबालिकाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा आज साँझ सो घटना भएको थियो । सशस्त्र युद्दका बेला प्रयोगमा नआएको बम जमिनमा भेटेका बालबालिकाले खेलौना सम्झेर त्यसलाई खेलाउँदा एक्कासी विस्फोट भएको स्थनीयको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाको पुष्टि गरेपनि विस्तृत विवरण प्राप्त हुन नसकेको र अहिले घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जानकारी दिएका छन् । गाउँमा बाख्रा चराएर साँझ घर फर्कँदै गरेका बालबालिकाले सो बम घर नजिकैको जंगल छेउमा भेटेका थिए । हेर्दा खेलौना जस्तो देखिएको सो बम विस्फोट हुँदा चारैजना बालबालिको घटनास्थलमै ज्यान गएको हो ।
घटनामा ज्यान गुमाउने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्री छन्। विजय र विमला एकै परिवारका दिदीभाई रहेका छन् । घटनास्थलमा अर्को बम पनि फेला परेको बताइएको छ । प्रहरीले दिएको जानकारी अनुसार सशस्त्र युद्दका बेला छाडिएको सो बमलाई बालबालिकाले खेलौना सम्झेर खेलाएको र त्यही विस्फोट भएर उनीहरुको ज्यान गएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पाकिस्तानकी महिला अधिकारकर्मी टोरोन्टोमा मृत भेटिइन्
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०टोरोन्टो, क्यानडा । क्यानडाको टोरन्टोमा बस्दै आएकी...
High Cost Of A Strong Euro
२०७७ भाद्र ११ गते बिहिबार
Daniel Gros Europe is experiencing a “good” crisis. Despite...
यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र
२०७८ श्रावण ८ गते शुक्रबार
२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये...
नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०रामनगर, चितवन । अविरल वर्षात्का कारण गएको...
Top