Best Khabar Team | २०७७ बैशाख १७ गते बुधबार

२९ अप्रिल, २०२०
वेस्टह्याम । लण्डन- नेपाली हास्य टेलिश्रृंखला भद्रगोलमा ‘बेलासे’ को अभियनमा खेल्ने कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण भएको छ । केहीसातादेखि कोरोना संक्रमण देखिएपछि कार्की अर्थात् ‘बेलासे’ अहिले लण्डनस्थित आफ्नै निवासको आइसोलेसनमा बसिरहेका छन् । विगत २ वर्षदेखि लण्डनमा सुरक्षासम्बन्धी एक कम्पनीमा काम गर्दै आएका उनलाई पसलमा सामान लिन जाँदा अरुबाट संक्रमण फैलिएको आशंका गरिएको छ ।
कोरोना संक्रमण भएको पुष्टि भएपछि उनले अहिले घरभित्रै कसैको पनि सम्पर्कमा नरही आइसोलेसनमा बसिरहेका छन् । उनले आफ्नो अवस्था सामान्य रहेको बताएका छन् । पछिल्लो केही महिनायता लण्डनमा कोरोनाले तीव्ररुप लिन थालेपछि उनले २ साताको लागि वार्षिक विदा लिएको र त्यही क्रममा उनमा कोरोनाको लक्षण देखिएको थियो । पछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको बुझिएको छ ।

उनले विगतमा आफू भीडभाडमा तरकारीलगायतका खाद्य सामाग्री किन्न गएको र त्यहीबाट आफूमा संक्रमण फैलिएको हनुसक्ने आशंका गरेका छन् । आफू विरामी भएको बारेमा उनले धेरैलाई जानकारी गराएका छैनन् । विरामी हुँदाको समयका सबै कुराहरु उनले डायरीमा उल्लेख गरेको उनलाई नजिकबाट चिन्ने लण्डनबासी नेपालीहरुले बताएका छन् ।

दोश्रोपटक गरिएको कोरोनाको परीक्षणमा पनि उनमा पोजेटिभ लक्षण देखिएको बताइएको छ । यद्यपि उनका परिवारका अन्य सदस्य अर्थात् श्रीमती र सानी छोरी भने अहिलेसम्म सकुशल रहेका छन् । उनीकी श्रीमती लण्डनमा नर्श पेसामा संलग्न छिन् । केहीसमयअघि उनले लण्डनमा परिवारका लागि भने र घर समेत किनेका छन् ।
भद्रगोलमा अभिनय गर्दा उनको ‘तनावै तनाव छ, गोजीमा दुई रुपियाँ छैन’ भन्ने डाइलग निक्कै चर्चित थियो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो
२०७७ बैशाख २२ गते सोमबार
०४ मे, २०२०लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको...
डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०सुडान । अफ्रिकी महादेश तथा केही युद्दग्रस्त...
विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालकी अनिला श्रेष्ठ सहभागी हुँदै (फोटोफिचर सहित)
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । ईप्लानेट प्रा.लि.ले अनिला श्रेष्ठलाई...
बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता
२०७६ मंशिर १७ गते मंगलबार
०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज...
Top