Best Khabar Team | २०७७ बैशाख १७ गते बुधबार

२९ अप्रिल, २०२०
वेस्टह्याम । लण्डन- नेपाली हास्य टेलिश्रृंखला भद्रगोलमा ‘बेलासे’ को अभियनमा खेल्ने कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण भएको छ । केहीसातादेखि कोरोना संक्रमण देखिएपछि कार्की अर्थात् ‘बेलासे’ अहिले लण्डनस्थित आफ्नै निवासको आइसोलेसनमा बसिरहेका छन् । विगत २ वर्षदेखि लण्डनमा सुरक्षासम्बन्धी एक कम्पनीमा काम गर्दै आएका उनलाई पसलमा सामान लिन जाँदा अरुबाट संक्रमण फैलिएको आशंका गरिएको छ ।
कोरोना संक्रमण भएको पुष्टि भएपछि उनले अहिले घरभित्रै कसैको पनि सम्पर्कमा नरही आइसोलेसनमा बसिरहेका छन् । उनले आफ्नो अवस्था सामान्य रहेको बताएका छन् । पछिल्लो केही महिनायता लण्डनमा कोरोनाले तीव्ररुप लिन थालेपछि उनले २ साताको लागि वार्षिक विदा लिएको र त्यही क्रममा उनमा कोरोनाको लक्षण देखिएको थियो । पछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको बुझिएको छ ।

उनले विगतमा आफू भीडभाडमा तरकारीलगायतका खाद्य सामाग्री किन्न गएको र त्यहीबाट आफूमा संक्रमण फैलिएको हनुसक्ने आशंका गरेका छन् । आफू विरामी भएको बारेमा उनले धेरैलाई जानकारी गराएका छैनन् । विरामी हुँदाको समयका सबै कुराहरु उनले डायरीमा उल्लेख गरेको उनलाई नजिकबाट चिन्ने लण्डनबासी नेपालीहरुले बताएका छन् ।

दोश्रोपटक गरिएको कोरोनाको परीक्षणमा पनि उनमा पोजेटिभ लक्षण देखिएको बताइएको छ । यद्यपि उनका परिवारका अन्य सदस्य अर्थात् श्रीमती र सानी छोरी भने अहिलेसम्म सकुशल रहेका छन् । उनीकी श्रीमती लण्डनमा नर्श पेसामा संलग्न छिन् । केहीसमयअघि उनले लण्डनमा परिवारका लागि भने र घर समेत किनेका छन् ।
भद्रगोलमा अभिनय गर्दा उनको ‘तनावै तनाव छ, गोजीमा दुई रुपियाँ छैन’ भन्ने डाइलग निक्कै चर्चित थियो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
त्रिभुवन विमानस्थलको अस्तव्यस्तता
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९ वेस्टखबर टिम । काठमाडौं । सरकार...
त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ
२०७६ असार ४ गते बुधबार
१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत...
पूर्वप्रम भट्टराईको ट्वीट ‘विवादित’
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले...
जुम्ला र स्याङ्जाका ४ जनासहित थपिए ९० संक्रमित, देशभर संक्रमितको संख्या ७७२ पुग्यो
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०काठमाडौं । जुम्लाका २ र स्याङ्गजाका २...
Top