विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )

Best Khabar Team | २०७७ बैशाख १५ गते सोमबार


२७ अप्रिल, २०२०
कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका एक व्यक्तिको शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि जलाईरहेको शव नै बगाएको छ । सो घटनाको विषयमा खिचिएको भिडियो यतिबेला फेसबुकमा भाइरल भएको छ ।

शव जलाउँदै गर्दा एक्कासी माथिबाट फाकखोलामा धमिलो पानीसहित खोलाको शतह बढेपछि जलाउँदै गरेको शव पनि खोलाले बगाएर लगेको छ । यो घटनाको भिडियो इलामको फाकपोकथुम गाउँपालिकाका कम्प्युटर अपरेटर टि एन सारुमगरले आफ्नो फेसबुकमा राखेका छन् । गाउँपालिकामै पर्ने फाकखोला दिउँसो एक्कासी विना वर्षाद् नै उर्लिएर आएको हो । तर खोलामा उर्लिएर आएको पानी हेर्दा माथितिर बर्षात् भएको अनुमान लगाउन सकिन्छ ।

खोला सान्त भएपछि पुनः सो शवको अन्त्यष्टि गरिएको बताइएको छ । विरलै देखिन यस्तो घटना भएर पनि होला यतिबेला फेसबुकमा यो भिडियो भाइरल बनेको छ ।

हामीले यो भिडियो उनै सारुमगरको फेसबुक पेजबाट साभार गरेका हौं । यो घटनाबाट खोलाको बीचमा वा खोला छेउमा कुनै काम गर्दा प्रशस्त सावधानी अपनाउनुपर्नेतर्फ सबैलाई सचेत समेत गराएको छ । भिडियो हेर्न तलको युट्युव लिंकमा क्लिक गर्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते

२०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० बलेवा । प्रदेशनम्बर ४ अन्र्तगत पर्ने...

What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night? What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night?

२०७६ चैत्र १३ गते बिहिबार

26 March, 2020 PokharaThis Thursday night, people from Western...

आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित) आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित)

२०७६ माघ ७ गते मंगलबार

काठमाडौंको पश्चिमी छिमेकी जिल्ला धादिङ्ग । काठमाडौंबाट मलेखु हुँदै...

अबिरल वर्षाका कारण भोटेकोशीमा भीषण बाढी, कम्तीमा १५ वेपत्ता, १८ घर बगायो अबिरल वर्षाका कारण भोटेकोशीमा भीषण बाढी, कम्तीमा १५ वेपत्ता, १८ घर बगायो

२०७७ असार २५ गते बिहिबार

०९ जुलाई, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अबिरल वर्षासँगै आएको बाढी...

Top