Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०
दकम । पूर्वी नेपालको झापामा कोरोना संक्रमित थपिएका छन् । झापा दकमका ५० वर्षका एक पुरुषको कोशी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आज भेटिएका संक्रमित स्थानीय वासिन्दा भएको र उनी विदेश तथा अन्यत्र कतै नगएको बताइएको छ । उनको हाल कोशी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भै रहेको छ । उनको अवस्था सामान्य रहेको छ । यसअघि केहीदिनअघि दकममै अर्का एक संक्रमित भेटिएका थिए ।
यसैबीच आज वीरगञ्जमा उपचार गराईरहेका ४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । उनीहरुमध्ये ३ जना भारतीय नागरिक रहेको बताइएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना
२०७६ मंशिर २५ गते बुधबार
११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत...
उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९...
बालुवाटार जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्व मुख्यसचिव पौडेलसँग पनि सोधपुछ
२०७६ पुष ६ गते आइतबार
२२ डिसेम्बर, २०१९ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको...
पोखरामा सडक महोत्सवको रौनकता
२०७६ पुष १६ गते बुधबार
०१ डिसेम्बर, २०१९ पोखरा । नयाँवर्ष २०२० को अवसर...
Top