सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन

Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार


२६अप्रिल, २०२०
काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर गर्न खोजेको उजुरी दर्ता गर्न अस्वीकार गरिदिएको छ । जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतको टोली केही दिनअघि आफ्ना सांसदलाई महोत्तरीबाट अपहरण गरिएको भन्दै उजुरी दर्ताको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए । तर प्रहरीले महोत्तरीमा भएको अपहरणको घटनामा काठमाडौंमा उजुरी वा मुद्दा लिनन नमिल्ने भन्दै महोत्तरी जान सुझाएको छ ।

केहीदिनअघि पूर्व मन्त्री एवं सांसद डा। सुरेन्द्र यादवलाई प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल, सांसदहरु महेश बस्नेत तथा किसान श्रेष्ठले महोत्तरीबाट अपहरण गरेको भन्दै भट्टराईसहितको टोलीले आज घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै प्रहरी परिसर टेकु पुगेको थियो ।

पार्टी फुटाउनका लागि सरकारकै निर्देशनमा आफ्नो पार्टीका सांसदलाई अपहरण गरिएको भन्दै दोषीमाथि कारबाही गर्न भट्टराईसहितको टोली आज साँझ महानगरीय प्रहरी परिसर पुगेको हो । तर प्रहरीले यो विषयमा काठमाडौंले कुनै अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउन नसक्ने भन्दै महोत्तरी नै जान भट्टराईसहितको टोलीलाई सुझाव दिएको छ ।

तर भट्टराईले भने प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले उजुरी लिन नमानेको बताएको छ । महोत्तरीबाट आफूलाई जर्वजस्ती काठमाडौं ल्याएर होटलमा बन्धक बनाइएको भन्दै यादवले दोषीमाथि कारबाही गर्न माग गर्दै पार्टी नेतृत्वलाई गुहारेपछि समाजवादी पार्टीका शिर्ष नेताहरु आज उजुरी लिएर प्रहरीकोमा पुगेका हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना

२०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिसमा थप...

नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित) नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित)

२०७६ कार्तिक ७ गते बिहिबार

२४ अक्टोबर, २०१९ वासिङ्गटन डिसी । चिनियाँ राष्ट्रपति सि...

बिवाह बन्धनमा बाँधिइन् स्वेता बिवाह बन्धनमा बाँधिइन् स्वेता

२०७७ मंशिर २२ गते सोमबार

०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह...

बंगलादेशमा प्रशिक्षणमा रहेको बायुसेनाको विमान दुर्घटना, १९ को मृत्यु, १६५ जना घाइते बंगलादेशमा प्रशिक्षणमा रहेको बायुसेनाको विमान दुर्घटना, १९ को मृत्यु, १६५ जना घाइते

२०८२ श्रावण ५ गते सोमबार

ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकामा स्थानीय बायु सेनाको...

Top