Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०
काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना संक्रमित’ युवतीको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार पछिल्लो ३ पटकसम्म गरिएको -यापिड डाइग्नोसिस टेस्ट (अर्थात आरडिटी टेस्ट) मा ती युवतीमा कोरोना संक्रमण भेटिएको थियो । रक्त क्यान्सरबाट पीडित युवतीमा पछिल्लो केही दिनयता कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले उनको स्वाब परीक्षण गरेको थियो । तर तीनपटक गरिएको परीक्षणमा पनि उनमा कोरोना देखिएपछि त्यसको थप पुष्टिका लागि स्वाब हिजो साँझ हेटौडा पठाइएको छ ।
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिका बस्ने २३ वर्षकी ती युवतीले नियमित रुपमा भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकी थिइन् । तर केही सातायता उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्थानीय तराई हस्पिटलमा भर्ना गरेर आरडिटी टेष्ट गरिएको थियो । सोही अस्पतालमा गरिएको तीन पटकको टेस्टबाट रिपोर्ट पेजेटिभ आएपनि उनलाई नारायणी अस्पतालको चिकित्सकको टोलीले स्वाब टेस्ट गरेको थियो । त्यस क्रममा पनि पोजेटिभ रिपोर्ट आएपछि उनलाई वीरगञ्जस्थित नारायणी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको बताइएको छ ।
उनको मृत्यु कोरोनाकै कारण भएको वा अन्य कारणले भन्ने पुष्टि हेटौडा अस्पतालको रिपोर्ट पछि हुनेछ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट एकजनाको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमित ५१ मध्ये ६ जना उपचारपछि घर फर्केका छन् । जसमा तीनजना भारतीय नागरिक रहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा एकैदिन १ हजार ७ सय ५ जनाले कोरोनालाई जितेर आइसोलेनबाट घर फर्के
२०७७ असार २९ गते सोमबार
१३ जुलाई, २०२०काठमाडौं । नेपालमा एकैदिन १ हजार ७...
पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...
१० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने
२०७७ माघ ३ गते शनिबार
१७ जनवरी, २०२१काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२०काठमाडौं । व्यक्ति हत्यामा संलग्न रहेको आरोपसम्बन्धी...
Top