वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु !

Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार


२६ अप्रिल, २०२०
काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना संक्रमित’ युवतीको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार पछिल्लो ३ पटकसम्म गरिएको -यापिड डाइग्नोसिस टेस्ट (अर्थात आरडिटी टेस्ट) मा ती युवतीमा कोरोना संक्रमण भेटिएको थियो । रक्त क्यान्सरबाट पीडित युवतीमा पछिल्लो केही दिनयता कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले उनको स्वाब परीक्षण गरेको थियो । तर तीनपटक गरिएको परीक्षणमा पनि उनमा कोरोना देखिएपछि त्यसको थप पुष्टिका लागि स्वाब हिजो साँझ हेटौडा पठाइएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिका बस्ने २३ वर्षकी ती युवतीले नियमित रुपमा भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकी थिइन् । तर केही सातायता उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्थानीय तराई हस्पिटलमा भर्ना गरेर आरडिटी टेष्ट गरिएको थियो । सोही अस्पतालमा गरिएको तीन पटकको टेस्टबाट रिपोर्ट पेजेटिभ आएपनि उनलाई नारायणी अस्पतालको चिकित्सकको टोलीले स्वाब टेस्ट गरेको थियो । त्यस क्रममा पनि पोजेटिभ रिपोर्ट आएपछि उनलाई वीरगञ्जस्थित नारायणी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको बताइएको छ ।

उनको मृत्यु कोरोनाकै कारण भएको वा अन्य कारणले भन्ने पुष्टि हेटौडा अस्पतालको रिपोर्ट पछि हुनेछ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट एकजनाको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमित ५१ मध्ये ६ जना उपचारपछि घर फर्केका छन् । जसमा तीनजना भारतीय नागरिक रहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल दर्शन २०२० : फोटो पत्रकारका २०० फोटो नेपाल दर्शन २०२० : फोटो पत्रकारका २०० फोटो

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक...

होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ :  १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ : १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला

२०७६ चैत्र ८ गते शनिबार

२१ मार्च, २०२० काठमाडौं । विश्वसमुदाय यतिबेला कोरोना भाइरसको...

परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२...

तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह

२०७८ बैशाख १६ गते बिहिबार

२९ अप्रिल, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले पछिल्ला दिनमा विश्वमै...

Top