Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०
काठमाडौं । सरकारले आगामी जेठ २ गते अर्थात् सन् २०२० को मे १५ तारिखसम्म नेपाल भित्र तथा बाहिर हुने सबै अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ । यस्तै नेपालबाट हुने सबै अन्र्तराष्ट्रिय उडानहरु पनि यस अवधिमा रोकिने भएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड १९) फैलिन नदिन यात्रुबाहक अन्र्तराष्ट्रिय उडान रोक्ने निर्णय गरेको हो । यस अवधिमा अत्यावश्यक औषधी तथा अन्य आवश्यक सामग्री ल्याउने विमानहरुले भने अनुमति लिएर उडान सञ्चालन गर्न पाउनेछन् ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले तत्कालका लागि हवाई उडान रोक्ने निर्णय गरेको हो । यसअघि सरकारले अप्रिल ३० सम्मको लागि हवाई उडान अवरुद्ध गर्ने निर्णय गरेको थियो । अन्र्तराष्ट्रिय स्तरमा पूर्णरुपमा कोरोना नियन्त्रणमा आइनसकेको भन्दै सरकारले तत्कालका लागि हवाई उडान रोक्ने निर्णय गरेको हो ।

यस्तै सरकारले आन्तरिक उडानहरुमा पनि जेठ २ गतेसम्मका लागि रोक लगाउने निर्णय गरको छ । अब सरकारको यो निर्णयसँगै आगामी जेठ २ गतेसम्म नेपालभित्र पनि आन्तरिक सेवामा रहेका विमानहरुले उडान गर्ने भर्न पाउने छैनन् ।
तर यसबीचमा विदेशी पर्यटक लिनका लागि विदेशबाट खाली आउने विमान तथा नेपालमा रहेका विमानहरुले यात्रु लिएर सम्बन्धित देशमा चार्टर उडान भर्न सक्नेछन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २...
गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी
२०७६ फाल्गुन ११ गते आइतबार
२३ फेब्रुअरी, २०२० काठमाडौं । निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध...
अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै
२०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमामा...
पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ...
Top