लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो (भिडियोसहित)

Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार


२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका कारण त्रसित बनेको छ । कतिपय देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले सिँगो देशलाई लडकडाउन गरेको छ । लकडाउनका कारण मानिसहरुहरु घरभित्रै बस्ने र परिवारका सदस्यहरुसँग बसेर विभिन्न सिर्जनात्मक काम गर्नेमा व्यस्त छन् ।

कतिपय मानिसहरु समय कसरी कटाउने भन्नेमा चिन्तित देखिन्छन् भने सामाजिक सञ्जालमा अनावश्यक रुपमा समय खर्च गरिरहेका छन् । तर इच्छाशक्ति भयो भने जहाँ जस्तो अवस्थामा रहेपनि कठिन काम फत्ते गर्न सकिन्छ भन्ने भनाईलाई चरितार्थ गरिदिएकी छन् चर्चित गायिका सरिश्मा अमात्यले । कर्मको पदाचापलाई पछ्याउँदै विगत केहीवर्षदेखि अमेरिका बस्दै आएकी गायिका सरिश्मा पनि कोरोनाको कहरबाट आक्रान्त नबनेकी होइनन् ।

त्यसो त अहिले अमेरिकामा दैनिक हजारौं मानिसहरुले कोरोनाका कारण ज्यान गुमाईरहेका छन् । यस्तो त्रासदीपूर्ण अवस्थामा चिन्ता होइन चिन्तन गर्नुपर्दछ भन्ने भनाईलाई सरिश्माले साकार पारिदिएकी छन् । लकडाउनकै बीचमा उनले आफ्नै घरमा बसेर आफ्नो सांगीतिक कर्मलाई निरन्तरता मात्रै दिइनन्, एउटा गीतको म्यूजिक भिडियो नै बनाइन् । अनि ‘ढुकढुक गर्ने दिलैमा’ बोलको त्यो सुन्दर म्यूजिक भिडियो दर्शकहरु माझ सार्वजनिक नै गर्न भ्याईन् । त्यो पनि छोटो समयमै । कोरोनाका कहरका कारण ढुकढुक भएको संगीत पारखीहरुको मुटुमा सरिश्माको नयाँ सांगीतिक प्रस्तुतीले पक्कैपनि शितलता प्रदान गर्नेछ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्ने चर्चित गायिका सरिश्मा नेपालकी चर्चित गायिकामा पर्दछिन् । उनले कोरोना कहरकै बीच घरभित्रै बसेर पनि आफ्नो कामलाई निरन्तरता दिन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेकी छन् प्रस्तुत गीत ‘ढुकढुक गर्ने दिलैमा’ मार्फत् । बेष्टखबरसँगको कुराकानीमा उनले भनिन्–“कर्म गर्नलाई कुनै ठाउँ, समय र परिस्थितिले छेक्दैन भन्ने पुष्टि गर्न मैले यो सांगीतिक प्रस्तुती पस्केको हुँ । १५ वर्ष अघिको गीतको भिज्योल गरेको छु, आशा छ दर्शक श्रोताहरुले यसलाई मन पराईदिनु हुनेछ ।’’ एउटा सांगीतिक प्रस्तुती त्यसमा पनि श्रव्य दृष्यसहित ।

घरको चारभित्ताभित्र बसेर गीतमा उल्लेख भएका शब्द शब्दलाई पुग्ने गरी दृष्य दिनु कम्ती चुनौतीपूर्ण विषय होइन । तर सरिश्माले यसमा ‘पासमार्क’ होइन ‘प्रथम श्रेणी’ नै हासिल गरेकी छन् । अझ अचम्मको कुरा त के छ भने घरभित्र गरिएको भिडियाको छायाङ्कनका लागि आवश्यक पर्ने श्रृङ्गार पनि उनी आफैंले गरेकी हुन् । गीतको निर्देशन, क्यामेरा र भिडियो एडिटिङको काम उनका पति तथा चर्चित गायक संजीप प्रधानले गरेका हुन् ।

मधुरीमा २ नामक एल्बममा समावेश यो गीतमा संगीत चर्चित संगीकार अनिल शाहीले भरेका छन् भने शब्द रचना रचना जनक दिप पराजुलीको रहेको छ । भोलिका दिनमा अन्य प्रतिभाहरुलाई पनि यसैगरी समयको सदुपयोग गरी आफ्नो कर्मलाई निरन्तरता दिन सरिश्माको यो प्रयास प्रेरणादयी बन्ने निश्चित छ । म्यूजिक भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने

२०७७ माघ २९ गते बिहिबार

११ फेब्रुअरी, २०२१काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९)...

कोरोना कहरकैबीच दशैं शुरु : सर्तकता नअपनाइए संक्रमणले भयाबह रुप लिनसक्ने खतरा ! कोरोना कहरकैबीच दशैं शुरु : सर्तकता नअपनाइए संक्रमणले भयाबह रुप लिनसक्ने खतरा !

२०७७ कार्तिक १ गते शनिबार

१७ अक्टोबर, २०२०काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाडको रुपमा...

मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा  अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा अवरुद्ध

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०रामघाट, चितवन । अबिरल बर्षात्का कारण आएको...

नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको...

Top