Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा विभिन्न समयमा अफवाह फैलाएको आरोपमा प्रहरीले उपाध्ययलाई आज साँझ ललितपुरबाट नियन्त्रणमा लिएको हो । हाल उनलाई जावलाखेल प्रहरी परिसारमा राखिएको प्रहरी स्रोतको दाबी छ । पछिल्ला केही सातायता उपाध्यायले फेसबुकमार्फत् विभिन्न खाले सामाजिक अफवाह फैलाएको प्रहरीको आरोप छ ।

पछिल्लो समयमा उनले रुकुमका दुई जनामा कोरोना संक्रमण देखिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । रुकुममा हालसम्म कोही पनि कोरोना संक्रमित नभेटिएको भन्दै उनको फेसबुक स्टाटसले समाजमा आतंक फैलाएको भन्दै पक्राउ गरिएको जनाएको छ ।
उनले पछिल्ला केही सातायता सामाजिक सञ्जाललाई सरकारलाई गाली बेइज्यती गर्ने थलोको रुपमा विकास गरेको भन्दै उनलाई पक्रन गृह मन्त्रालयले निर्देशन दिएको थियो । उनलाई सामाजिक सञ्जाल दुरुपयोग गरेको भन्दै ‘साइबर क्राईम’ अन्र्तगत कारबाही गर्ने तयारी भएको बुझिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन जित नजिक
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०न्यूयोर्क, अमेरिका । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई...
सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना...
बेलायतमा स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण, घरमै क्वारेन्टाईनमा राखियो
२०७६ फाल्गुन २८ गते बुधबार
११ मार्च, २०२०लण्डन । पछिल्लो समयमा विश्वव्यापी बन्दै गएको...
नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । बहुप्रतिक्षित नेपाल भ्रमणवर्ष २०२०...
Top