कोरोना संक्रमित मध्ये थप दुईजना डिस्चार्ज, ७ जनाले कोरोनालाई जिते

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


२२ अप्रिल, २०२०
कञ्चनपुर । कोरोना संक्रमित भै अस्पतालमा उपचाररत थप दुईजना डिस्चार्ज भएका छन् । यसरी डिस्चाज हुनेमा धादिङ्ग र कञ्चनपुरका दुई पुरुष रहेका छन् । भारतबाट आएका कञ्चनपुरका सुनार थरका एक युवकमा चैत्र २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १८ दिनसम्म अस्पतालमा उपचारपछि उनी घर फर्केका हुन् ।

यस्तै साउदीबाट फर्केका धादिङ्गका ३१ वर्षका युवक पनि आजै अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी करिब १ महिना अस्पतालमा बसेपछि काठमाडौंको टेकु अस्पतालले आज उनलाई डिस्चार्ज गरेको हो । डिचार्ज भएपनि उनका परिवार लकडाउनका कारण काठमाडौं आउन नपाएपछि उनी भोलिमात्रै धादिङ्ग फर्कने छन् । योसँगै नेपालमा कोरोना संक्रमित भै अस्पतालमा उपचार गरी घर फर्कनेको संख्या ७ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो

२०७७ बैशाख १९ गते शुक्रबार

०५ जनवरी, २०२०काठमाडौं । केहीसाता अघि काठमाडौंका विभिन्न ठाउँबाट...

झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड

२०२६ पुष १७ गते बिहिबार

१७ जुन, २०१८ काठमाडौं । अस्पतालमा कार्यरत एक महिलाको...

घरमाभएका सबै दाजुभाईलाई एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन नेपालमा (भिडियोसहित) घरमाभएका सबै दाजुभाईलाई एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन नेपालमा (भिडियोसहित)

२०२६ पुष १७ गते बिहिबार

नेपाली समाजमा एक श्रीमान् का २ वटा २ भन्दा...

Nepal’s Mount Everest seen from Bihar India by open eyes Nepal’s Mount Everest seen from Bihar India by open eyes

२०७७ बैशाख २३ गते मंगलबार

A picture of the the snow-capped peaks of the...

Top