Best Khabar Team | २०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगापालिकास्थित भुल्केका ८ जनामा आज कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोना संक्रमणको आशंकामा विराटनगरमा गरिएको स्वाब परीक्षणमा पोजेजिभ देखिएपछि थप परीक्षणका लागि उनीहरुको स्वाब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको थियो ।

प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरु सबै अर्थात् आठै जनाको पोजेटिभ रिपोर्ट आएको हो । यसअघि आजै उदयपुरका ३१ वर्षका युवकमा पनि कोरोना संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत गराएको थियो । बाँकी दुई जनामा एकजना महिला र अर्का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । करिब एक साताअघि उदयपुरको त्रियुगा नगरपालिकास्थित सोही क्षेत्रमा रहेको एउटा मस्दिजमा रहेका १३ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

उनीहरुको हाल कोशी अञ्चल अस्पतालको आइसोलेसनमा उपचार भै रहेको छ । उनीहरुमा कोरोना भेटिएपछि नेपाली सेनाले सो क्षेत्रमा रहेको गाउँलाई शिल गरेर उनीहरुको नमुना परिक्षण गरेको थियो । यो सँगै स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको । यी मध्ये ५ जना उपचारपछि घर फर्केका छन् । ।

बाँकी ३७ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार जारी छ । हालसम्म अस्पतालमा रहेका सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘साइबर क्राइम’ को अभियोगमा पूर्व सचिव उपाध्याय पक्राउ
२०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम...
आज रातिदेखि मौसम विग्रनसक्ने मौसमविद्को चेतावनी
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । पश्चिमी वायुको प्रभावले आज...
तनहुँका विभिन्न स्थानमा पहिरो, १० जना वेपत्ता, २ को शव भेटियो
२०७७ असार २९ गते सोमबार
१३ जुलाई, २०२०दमौली, तनहुँ । जिल्लाको विभिन्न स्थानमा विगत...
एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !
२०७७ बैशाख ६ गते शनिबार
– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना...
Top