उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो

Best Khabar Team | २०७७ बैशाख ९ गते मंगलबार


२१ अप्रिल, २०२०
गाईघाट । उदयपुरको भुल्केस्थित एकै गाउँका ८ जनामा कोरोनाको संक्रमण भएको आशंका गरिएको छ । यसअघि १३ जना कोरोना संक्रमित भेटिएको भुल्केको स्थानीय मस्जिद नजिकैको गाउँका ८ जनामा कोरोनाको आशंका गर्दै उनीहरुको केहीदिन अघि उनीहरुको स्वाब विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा ल्याइएकोमा उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको बताइएको छ ।

-यापिड टेस्टका क्रममा उनीहरुमा कोरोनाको पोजेटिभ लक्षण देखिएपछि उनीहरुको नमुना परीक्षण थप परीक्षण हाल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भै रहेको छ । प्रतिष्ठानले पिसिआर पद्दतिबाट स्वाबको परीक्षण गरी कोरोना भए नभएको एकिन गर्नेछ । स्थानीय एक मस्जिदमा केहीदिन अघि १४ जनामा कोरोना संक्रमण भेटिएपछि गाउँ नै सिल गरेर परीक्षण थालिएको थियो ।

सोही मस्जिदमा रहँदै आएका थप एकजनामा ३ दिनअघि कोरोनाको संक्रमण देखिएपछि सो मस्जिदमा रहँदै आएका १४ जनामा कोरोना भएको पुष्टि भएको थियो । उनीहरुको कन्ट्रयाक ट्रेसिङ्गका आधारमा भुल्के गाउँका करिब ७० घर परिवारको नमुना परीक्षण गरिएको थियो ।

सेनाले गाउँमा पुगेर गरेको नमुना परीक्षणका क्रममा थप ८ जनामा कोरोनाको आशंका गरिएको हो । संक्रमणको आशंका गरिएका ८ जना पुरुषलाई आजै एम्बुलेन्समा राखेर धरानस्थित आइसोलेसनमा पठाइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप...

देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलियो, संक्रमितको संख्या ४ हजार बढी देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलियो, संक्रमितको संख्या ४ हजार बढी

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०काठमाडौं । देशका ७२ जिल्लामा कोरोना संक्रमण...

बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित) बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित)

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले...

अमेरिकाको न्यूजर्सीमा पसलबाट बन्दुक किनेलगत्तै भएको गोलीकाण्डमा ६ मारिए अमेरिकाको न्यूजर्सीमा पसलबाट बन्दुक किनेलगत्तै भएको गोलीकाण्डमा ६ मारिए

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ न्यूयोर्क । केही वर्षयता बन्दुकबाट असुरक्षित...

Top