एक्कासी कसरी थपिए चीनमा एकैदिन झण्डै १३ सय मृतक ?

Best Khabar Team | २०७७ बैशाख ५ गते शुक्रबार


फाइल तस्वीर ।

१७ अप्रिल, २०२०
बेइजिङ्ग । चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकैदिन १ हजार २ सय ९० ले बढेको छ । कोरोना भाइरसको विश्वव्यापी लाईभ अपडेट गर्ने साईट ओल्र्डोमिटर डटकमका अनुसार बुधबार साँझदेखि बिहीबार मध्यान्हसम्ममा देशका विभिन्न ठाउँबाट संकलित तथ्यांक अनुसार चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या थपिएको हो ।

यद्यपि यो हिजोमात्रै ज्यान गुमाएकाहरु नभएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोनाको केन्द्र बुहान र आसपसामा विगतदेखि घरमै ज्यान गुमाएका र यसअघि तथ्यांकमा समावेश नभएकाहरुको लगत संकलनका क्रममा थप १२ सय ९० जनाको मृत्यु भएको भेटिएको चिनियाँ सञ्चारमाध्यमहरुको दाबी छ । तत्कालीन परिस्थितिमा जनशक्तिको अभाव र अन्य कारणबाट ज्यान गुमाएका तथा संक्रमितहरुको लगत संकलन गर्न नसकिएको भएपनि अहिले अवस्था सामान्य बन्दै गएपछि तथ्यांक संकलन गर्ने क्रममा यो संख्या थप भएको बताइएको छ ।

अब नयाँ तथ्यांक अनुसार चीनमा हालसम्म कोरोनाका कारण ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन् । यही बीचमा चीनमा ३ सय ५१ जना नयाँ कोरोना संक्रमति भेटिएको तथ्य समेत सार्वजनिक भएको छ । अब चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार २ सय ९२ पुगेको छ । यी मध्ये ८९ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्ला केही सातायता चीनमा नयाँ कोरोना संक्रमितको संख्या पनि दैनिक १ सय भन्दा कम देखिएको थियो भने मृतकको संख्या पनि सून्य प्राय देखिँदै आएको थियो । बेलायतको चर्चित पत्रिका डेलिमेलले पनि यो समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । डेल्ली मेलको सो समाचारमा चीनले गल्तीबस कतिपय तथ्यांकहरु छुटपुट भएको र त्यसलाई पुर्नप्रकाशित गरिएको उल्लेख छ ।

तर शुक्रबार एक्कासी मृतक तथा नयाँ विरामीको संख्या थपिएपछि अन्र्तराष्ट्रिय स्तरमा यसले नयाँ झड्का उत्पन्न गरि दिएको छ । किनभने चीनमाथि कोरोनाबाट प्रभावित बनेका तथा ज्यान गुमाएकाहरुको तथ्यांक लुकाएर कम देखाएको आरोप लाग्दै आएको छ ।

यही बीचमा चीनले छुटपुट भन्दै एकैदिन झण्डै १३ सयको तथ्यांक सार्वजनिक गरेपछि सोचनीय बनाएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व

२०८२ भाद्र २८ गते शनिबार

नेपालको इतिहाँसमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायधीश सुशीला...

बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२० चैनपुर, बझाङ्ग । गएराति परेको अविरल...

असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित) असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित)

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गृहमन्त्रालयले लकडाउन खुकुलो भएसँगै यही...

Top