Best Khabar Team | २०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२०
काठमाडौं । डिउटी सकेर घर फर्कने क्रममा रहेका चिकित्सकहरुमाथि भएको कुटपिटको घटनामा संलग्न प्रहरीमाथि नेपाल प्रहरीको केन्द्रीय कार्यालयले विभागीय कारबाही अघि बढाएको छ । घटनामा संलग्न महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई प्रहरी कार्यालयले जिम्मेवारी मुक्त गराएको छ ।

गएराति शिक्षण अस्पतालमा डिउटी सकेर डेरामा फर्कने क्रममा शिक्षण अस्पतालमा कार्यरत डा.शम्भु खनालमाथि लकडाउन उल्लङ्घन गरेको भन्दै लम्साल नेतृत्वको टोलीले कुटपिट गरेको घटना सार्वजनिक भएसँगै प्रहरीले कारबाही अघि बढाएको हो । कुटपिटको घटना मिडियाबाट बाहिर आएपछि प्रहरीले घटनाको विषयमा गहन अनुसन्धान गरी घटनामा संलग्न लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालयमा तानेर थप अनुसन्धान अघि बढाएको बढाएको जनाएको छ ।
घटनाको छानबिनका लागि प्रहरले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । महामारीको बेला डिउटीमा खटिएका चिकित्सकमाथि कुटपिट गरेको घटनाको चौतर्फी आलोचना भएपछि प्रहरीले यो घटनालाई निक्कै गम्भीरताका साथ लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९...
हारेर होइन जितेर हराऔं कोरोना
२०७७ जेठ १९ गते सोमबार
बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला...
मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा
२०८० कार्तिक ११ गते शनिबार
२८ अक्टोबर, २०२३गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा...
झापा, रौतहट, बाग्लुङ् र मकवानपुरमा थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ८ सय नाघ्यो
२०७७ जेठ १४ गते बुधबार
२७ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आजपनि कोरोना...
Top