चौतर्फी जनदवाव थेग्न नसकेपछि सरकारले फिर्ता लियो गुठी विधेयक

Best Khabar Team | २०७६ असार ३ गते मंगलबार


१८ जुन,२०१९
काठमाडौं । अन्ततः चौतर्फी रुपमा देखिएको जनताको दबाब थेग्न नसकेपछि सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरेको छ । सरकारले करिब १ महिना अघि जारी गरेको गुठी विधेयकका विषयमा काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा आन्दोलन चर्किन थालेपछि सरकारले विधेयक फिर्ता लिएको घोषणा गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज पत्रकार सम्मेलन गरी विधेयकका विषयलाई लिएर आम नागरिकमा विभिन्न खाले भ्रम देखिएको भन्दै विधेयक फिर्ताको घोषणा गरेको गरेको हो । मन्त्रालयमा आज गरिएको पत्रकार सम्मेलनमा मन्त्री पद्माकुमारी अर्याल विधेयकका विषयमा देशव्यापी रुपमा आन्दोलन भै रहेको र यसलाई गलत ढंगले व्याख्या गरिएको यसका कारण आम जनतालाई उत्तेजित पार्ने र वातावरणलाई विथोल्ने कोसिस भएकोले फिर्ता लिएको बताउनुभयो ।

पछिल्लो समयमा विधेयकको विषयमा काठमाडौं उपत्यकाका नेवार समुदायलगायत देशव्यापी रुपमा गुठीयारहरुले आन्दोलन चर्काउन थालेपछि सरकारले यसको समाधानका लागि भन्दै सरोकारवालाहरुसँग वालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफल समेत गरेको थियो । तर सरोकारवालाहरुले गुठी विधेयक लागू गरिए यसले देशमा ठूलो आन्दोलन हुनसक्ने चेतावनी दिएपछि सरकार बाध्य भएर झुकेको हो ।

पछिल्लो समयमा सरकारको विधेयक घोषणापछि देशव्यापी रुपमा गुठीयाहरुले धर्म संस्कृति परम्परा, सम्पदा नास हुने भन्दै दैनिक रुपमा आन्दोलन गर्दै आइरहेका थिए । सत्तारुढ दलकै मन्त्री, नेता तथा सरोकारवालाहरुले पनि सरकारलाई यो विधेयक फिर्ता लिन आग्रह गरेका थिए ।

संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्न भन्दै विधेयक ल्याएको भएपनि यो विधेयक सरकारले आजबाट फिर्ता भएको घोषणा लिएको छ । तर सरोकारवालाहरुले भने यो विधेयक फिर्ता नभै खारेज हुनुपर्ने माग राखेको छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकाभित्र २४ घण्टामा थपिए ४१५ संक्रमित काठमाडौं उपत्यकाभित्र २४ घण्टामा थपिए ४१५ संक्रमित

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र पर्ने तीन जिल्लामा...

हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ ! हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ !

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता । इन्डोनेसियाको जाकर्ताबाट ६२ जना यात्रु...

कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म...

१० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने १० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने

२०७७ माघ ३ गते शनिबार

१७ जनवरी, २०२१काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

Top