Best Khabar Team | २०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२०
काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकैपरिवारका दुईजनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका ८१ वर्षकी आमा र उनका ५७ वर्षका छोरामा कोरोना भाइरसको संक्रमण पेजेटिभ देखिएको राष्ट्रिय प्रयोगशाला टेकुले पुष्टि गरेको छ ।
ती बृद्दाको बुहारीको भने रिपोर्ट आउन बाँकी छ । गत चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका उनीहरु सो अपार्टमेन्टको १५ औं तलामा बस्दै आएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई हिजो पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो । हिजो र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्ने क्रममा तीनैजनाको रगतमा पोजेटिभ देखिएपछि त्यसको कन्फर्मका लागि टेकुस्थित प्रयोगशाला पठाईको थियो ।

टेकु पठाउँदा उनीहरुमध्ये आमा र छोरामा कोरोना पुष्टि भएको हो । बुहारीको भने रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । यसअघि कोरोना संक्रमितमध्ये पहिलो पटक नेपालमा कोरोना देखिएका युवक भने उपचारपछि घर फर्किसकेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर)
२०७६ चैत्र २२ गते शनिबार
पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण...
पहिरो रोकथाम गर्न मुग्लिन नारायणघाट सडकखण्ड दैनिक ४ घण्टा बन्द
२०७६ मंशिर २५ गते बुधबार
१२ डिसेम्बर, २०१९ काठमाडौं । पहिरो रोकथामका लागि भन्दै...
हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन
२०८० कार्तिक ८ गते बुधबार
२५ अक्टोबर, २०२३काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा गम्भीर...
‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०चामे, मनाङ् । हिमाल पारीको जिल्लाको रुपमा...
Top