Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२०
लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व गोर्खा सैनिकको ज्यान गएको छ । नेपालको कास्की जिल्लाको पर्यटकीय नगरी घान्द्रुक घर भएका दक्षिणबहादुर गुरुङ्गको कोरोनाको संक्रमणका कारण आज ज्यान गएको उनका आफन्तहरुले जनाएका छन् ।
६५ वर्षका गुरुङ्गको लण्डनको रेडिङ बर्कशायर अस्पताको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गएको हो । उनी आफ्नी श्रीमती र दुई छोरीका साथ बेलायतको रेडिङमा बस्दै आएका थिए । करिब २ साता अघि स्वास्थ्थ अवस्था विग्रेपछि उनी अस्पतालमा भर्ना भएका थिए । परीक्षणका क्रममा उनमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो । निकै बलियो र तन्दरुस्त देखिने गुरुङ्को कोरोनाको कारण ज्यान गएको भनेर विश्वास नै गर्न नसकिने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
गुरुङ्ग लण्डनमा ज्यान गुमाउने छैठौ पूर्व गोर्खा सैनिक तथा आठौं नेपाली हुन् । यसअघि पाँच जना पूर्व गोर्खा सैनिक र अरु दुई जना नेपालीको कोरोनाको कारण लण्डनमा ज्यान गै सकेको छ । आज ज्यान गुमाएका गुरुङ्ग पूर्व गोर्खा सैनिक भएकोले अहिले पनि नियमित रुपमा शारीरिक व्यायम र साइकल चलाउने काम गर्दथे ।
यस्तै धुम्रपान तथा मध्यपान पनि उनी पहिल्यै देखि नगर्ने उनले कोरोनाको कारण ज्यान गुमाउँदा उनका आफन्त तथा परिवारजले यसलाई अकल्पनीय बनेको छ । यो समाचार तयार पार्दासम्म बेलायतमा कोरोनाका कारण ११ हजार ३ सय २९ जनाको ज्यान गै सकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
डुँगा खियाउँदै सोनियासँग फेबातालको बीचमा पुगेका पूर्व युवराज के भन्छन् ?
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । पूर्व युवराज पारस शाह...
नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा
२०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...
कोरोना संक्रमित बढ्न थालेपछि बेल्जियमको एन्तोर्पिनमा दैनिक साढे ६ घण्टा कर्फ्युको घोषणा
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली युनियनको हेडक्वाटर रहेको...
अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने
२०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि...
Top