Best Khabar Team | २०७६ चैत्र २९ गते शनिबार

११अप्रिल, २०२०
काठमाडौं । कोरोना संक्रमण रोक्नका लागि सरकारले गरेको पूर्वतयारी मध्येको ‘लडडाउन’को समयावधि आगामी बैशाख ५ गतेपछि पनि थप हुने संकेत देखिएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या थपिने क्रम जारी रहेपछि नेपालले पनि लकडाउनको समयलाई बढाउने तयारी गरेको हो ।
यसका लागि सरकारले आज देशका सबै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत परामर्श गरेको छ । यही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन खोलिए नेपाल भारत खुल्ला सिमाका कारण कोरोना संक्रमितको संख्या नेपालमा बढ्नसक्ने भन्दै तत्काल लकडाउन खोल्न नहुने बताएका थिए । उनले सबै प्रदेशका मुख्यमन्त्रीलाई तत्काल भावनामा आएर जनजीवन कष्टकर बनेको नाममा लकडाउन खुलाउन नसकिने भन्दै सोही अनुसारको तयारी गर्न भनेका हुन् ।
योसँगै नेपालमा लकडाउको समयावधि कम्तीमा १ साता लम्बिने सम्भावना देखिएको छ । छिमेकी मुलुक भारत र नेपालबीच खुल्ला सिमा रहेको र भारतमा मजदुरीका लागि जाने कतिपय नेपालीहरु लकडाउनका कारण नेपाल आउन नपाएकाले सिमा खोले लगत्तै उनीहरु नेपाल आउनसक्ने एवं कामका लागिभ भारतीय नागरिकहरु पनि नेपाल आउने भएकाले त्यसले स्वास्थ्य सुरक्षा खतरा बढाउने ठहर सरकारले गरेको छ ।
प्रधानमन्त्री ओलीले लकडाउनको समयावधि लम्बिने संकेत दिँदै मुख्यमन्त्रीहरुलाई आफ्नो प्रदेशका नगर तथा गाउँपालिकाका जनताको समस्या बुझेर उनीहरुलाई परेको अप्ठेरो समाधानको दिशामा लाग्न र कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न निर्देशन समेत दिएका थिए । सरकारले नेपालमा कोरोनाको संक्रमणको खतरा देखिएपछि गत चैत्र ५ गतेदेखि लकडाउन शुरु गरेको थियो । शुरुमा एकसाताको लागि लकडाउन गरिएको भएपनि जोखिम बढ्दै गएपछि र कोरोना संक्रमितको संख्या थपिँदै गएपछि दोश्रो र तेश्रोपटक लकडाउनको समयावधि थपिएको थियो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको भएपनि १ जना उपचारपछि घर फर्केका छन् भने बाँकी ८ जनाको आइसोलेसनमा उपचार भै रहेको छ । भारतमा हालसम्म ८ हजार ३ सय ३९ जना कोरोना संक्रमित भेटिएका छन् भने २ सय ८८ जनाको कोरोनाकै कारण ज्यान गै सकेको छ । यसबीचमा ९ सय ६९ जना उपचारपछि घर फर्केका छन् । भारत सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप २ साताका लागि लकडाउनको समयावधि बढाएको छ । भारतमा हिजोमात्रै कोरोनाका कारण २२ जनाको ज्यान गएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित)
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१वेस्टह्याम, लण्डन । कोरोना संक्रमण रोक्न भन्दै...
Economic Impact of COVID-19 in Nepal: A Question of Bad or Worst
२०७७ श्रावण १९ गते सोमबार
–- By Jyoti Koirala/Suman AchrayaConsidering the fact and avoid...
के नेपालमै रोक्न सकिन्न विदेसिने युवालाई ?
२०७६ चैत्र १६ गते आइतबार
– डा.देवीप्रसाद आचार्य युवा अवस्था जीवनको उर्बर समय हो।...
नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’
२०७६ पुष १ गते मंगलबार
१७ डिसेम्बर, २०१९ वासिङ्टन । अमेरिकाको टेक्ससस्थित सिटी अफ...
Top