Best Khabar Team | २०७६ चैत्र २८ गते शुक्रबार

१० अप्रिल, २०२०
पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको बुहान प्रान्तमा पहिलो पटक गत डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म २ सय भन्दा बढी मुलुकमा फैलिइसकेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको बिहीबार १०० दिन पुगेको छ । गत डिसेम्बर ३१ मा पहिलो पटक चीनको वुहानमा यो भाइरसको संक्रमण देखिएको थियो । डिसेम्बर ३१ मा चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोनाबारे जानकारी दिएको थियो । जनवरी ९ मा चीनमा पहिलो ब्यक्तिको मृत्यु भएको थियो । कोरोना भाइरसका कारण यो १ सय दिनको अवधिमा विश्वभर १ लाख भन्दा बढी मानिसको ज्यान गै सकेको छ भने भने झण्डै १६ लाख ६३ हजार जना संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण विगत ३ महिना १० दिनमा विश्वभर १ लाख ३ हजार ७१ जनाको ज्यान गै सकेको छ । अमेरिका, इराक, इटली, फ्रान्स, बेलायत, स्पेन, बेल्जियम, नेदरल्याण्ड, जर्मनी, पोर्चुगल, चीनलगायतका मुलुकमा यसले सबैभन्दा बढी जनधनको क्षति पु¥याएको छ भने अन्य देशहरुमा पनि यसले मानवीय क्षति पु=याएको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाका कारण अमेरिकामा १७ हजार ९ सय २७ जनाले ज्यान गुमाएका छन्, यस्तै स्पेनमा १५ हजार ९ सय ७०, इटलीमा १८ हजार ८ सय ४९, फ्रान्समा १२ हजार २ सय १०, लण्डनमा ८ हजार ९ सय ५८, जर्मनीमा २ हजार ६ सय ७, इरानमा ४ हजार २ सय ३२, बेल्जियममा ३ हजार १९, नेदरल्याण्डमा २ हजार ५ सय ११ जनाको ज्यान गएको छ ।

कोरोनाका कारण संक्रमित भएका मध्ये हालसम्म ३ लाख ६९ हजार ९ सय ३७ जनाको उपचार सफल भएको छ । यस्तै ५० हजार १ सय ६१ जनाको अवहलिे खतराको अवस्थामा उपचार भै रहेको छ । कोरोनाका कारण विश्वभरको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ भने अधिकांश देशको विमानसेवा, यातयात, बजार, कलकारखाना, विद्यालय, क्याम्पस, होटल, रेस्टुरेन्टलगायत नराम्ररी प्रभावित भएको छ । युरोपमा कोरोना संक्रमित अधिकांश देशमा होटल तथा रेस्टुरेन्टहरु बन्दछन् ।
कोरोना लागेपनि विश्वका केहीमात्रै मुलुकमा अहिलेसम्म मानवीय क्षति भएको छैन । यस्ता देशहरुमा माडागास्कर,रुवान्डा, कम्बोडिया,गिब्राल्टार, कंगो, रुवान्डा, जमैका, बेर्मुडालगायतका देशहरु छन् । जहाँ ५० भन्दा बढी संक्रमित भेटिएपनि यी देशमा कोरोनाका कारण अहिलेसम्म कसैको ज्यान गएको छैन ।

यस्तै नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणबाट ९ जना पीडित देखिएपनि कसैको ज्यान गएको छैन । एकजना उपचारपछि घर फर्केका छन् भने आइसोलेसनमा रहेका ८ जनाको पनि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना...
New Zealand Natural Disaster : 5 Dead and many mising
२०७६ मंशिर २३ गते सोमबार
09, Dec, 2019 New Zealand, At least five people...
‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’...
१०० वर्षअघिको सीमा विवादमा दुई दक्षिण एसियाली देशबीच आक्रमण शुरु, कम्तीमा १२ जनाको मृत्यु
२०८२ श्रावण ८ गते बिहिबार
बैंकक, थाइल्याण्ड । करिब १ सय वर्ष पुरानो सिमा...
Top