Best Khabar Team | २०७६ चैत्र २८ गते शुक्रबार

१० अप्रिल, २०२०
पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको बुहान प्रान्तमा पहिलो पटक गत डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म २ सय भन्दा बढी मुलुकमा फैलिइसकेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको बिहीबार १०० दिन पुगेको छ । गत डिसेम्बर ३१ मा पहिलो पटक चीनको वुहानमा यो भाइरसको संक्रमण देखिएको थियो । डिसेम्बर ३१ मा चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोनाबारे जानकारी दिएको थियो । जनवरी ९ मा चीनमा पहिलो ब्यक्तिको मृत्यु भएको थियो । कोरोना भाइरसका कारण यो १ सय दिनको अवधिमा विश्वभर १ लाख भन्दा बढी मानिसको ज्यान गै सकेको छ भने भने झण्डै १६ लाख ६३ हजार जना संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण विगत ३ महिना १० दिनमा विश्वभर १ लाख ३ हजार ७१ जनाको ज्यान गै सकेको छ । अमेरिका, इराक, इटली, फ्रान्स, बेलायत, स्पेन, बेल्जियम, नेदरल्याण्ड, जर्मनी, पोर्चुगल, चीनलगायतका मुलुकमा यसले सबैभन्दा बढी जनधनको क्षति पु¥याएको छ भने अन्य देशहरुमा पनि यसले मानवीय क्षति पु=याएको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाका कारण अमेरिकामा १७ हजार ९ सय २७ जनाले ज्यान गुमाएका छन्, यस्तै स्पेनमा १५ हजार ९ सय ७०, इटलीमा १८ हजार ८ सय ४९, फ्रान्समा १२ हजार २ सय १०, लण्डनमा ८ हजार ९ सय ५८, जर्मनीमा २ हजार ६ सय ७, इरानमा ४ हजार २ सय ३२, बेल्जियममा ३ हजार १९, नेदरल्याण्डमा २ हजार ५ सय ११ जनाको ज्यान गएको छ ।

कोरोनाका कारण संक्रमित भएका मध्ये हालसम्म ३ लाख ६९ हजार ९ सय ३७ जनाको उपचार सफल भएको छ । यस्तै ५० हजार १ सय ६१ जनाको अवहलिे खतराको अवस्थामा उपचार भै रहेको छ । कोरोनाका कारण विश्वभरको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ भने अधिकांश देशको विमानसेवा, यातयात, बजार, कलकारखाना, विद्यालय, क्याम्पस, होटल, रेस्टुरेन्टलगायत नराम्ररी प्रभावित भएको छ । युरोपमा कोरोना संक्रमित अधिकांश देशमा होटल तथा रेस्टुरेन्टहरु बन्दछन् ।
कोरोना लागेपनि विश्वका केहीमात्रै मुलुकमा अहिलेसम्म मानवीय क्षति भएको छैन । यस्ता देशहरुमा माडागास्कर,रुवान्डा, कम्बोडिया,गिब्राल्टार, कंगो, रुवान्डा, जमैका, बेर्मुडालगायतका देशहरु छन् । जहाँ ५० भन्दा बढी संक्रमित भेटिएपनि यी देशमा कोरोनाका कारण अहिलेसम्म कसैको ज्यान गएको छैन ।

यस्तै नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणबाट ९ जना पीडित देखिएपनि कसैको ज्यान गएको छैन । एकजना उपचारपछि घर फर्केका छन् भने आइसोलेसनमा रहेका ८ जनाको पनि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको...
स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१स्वर्गद्वारी, प्युठान । प्युठानमा आज बिहान भएको...
ज्ञान लिएर जाने होइन, छोडेर जाने हो
२०७७ मंशिर २७ गते शनिबार
– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा...
चुनावी सभामा गोली लागि घाइते अमेरिकी पूर्वराष्ट्रपति खतरामुक्त, अस्पतालबाट डिस्चार्जलगत्तै पुनः चुनावी अभियानमा
२०८१ असार ३० गते आइतबार
१४ जुलाई, २०२४ न्यूर्योक, अमेरिका । गोली लागि घाइते...
Top