Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार

०७ अप्रिल, २०२०
न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण भयाबहको रुपमा फैलँदै गएको छ । जसका कारण अमेरिकामा पछिल्लो केहीदिन यता दैनिक १ हजार भन्दा बढीको ज्यान जान थालेको छ । सोमबार र मंगलबारको तथ्यांकलाई मात्रै आधार बनाउने हो भने पनि अमेरिकामा यी दुईदिन अर्थात् पछिल्लो ४८ घण्टामा २ हजार ६ सय भन्दा बढीको ज्यान गै सकेको छ ।
सोमबार स्थानीय समय अनुसार दिउँसो २ बजेसम्म अमेरकाभर १ हजार २ सय ५५ जनाको ज्यान गएको थियो भने ३० हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । यही अवधिमा १९ हजार ६ सय भन्दा बढीको उपचार समेत सफल भएको थियो । तर त्यसको २४ घण्टा वित्न नपाउँदै मंगलबार दिउँसो २ बजेसम्म अमेरिकामा थप १ हजार ४ सय ३ जनाको ज्यान गएको छ कोरोना संक्रमणका कारण । कोरोनाका कारण अमेरिकाभर यो समाचार तयार पार्दासम्म १२ हजार २ सय ७४ जनाले ज्यान गुमाईसकेका छन् भने ३ लाख ८६ हजार ५ सय ७१ संक्रमित भेटिएका छन् ।
न्यूर्योक नराम्ररी प्रभावित
अमेरिकाका अधिकांश राज्यहरु कोरोनाको प्रकोपमा परेको भएपनि राजधानी न्यूर्योक नराम्ररी प्रभावित बनेको छ । कोरोनाका कारण मंगलबारमात्रै न्यूर्योकमा ७ सय ३१ जनाले ज्यान गुमाएका छन् । मंगलबार न्यूर्योकमा झण्डै ७ नयाँ कोरोना संक्रमित भेटिएका छन् । न्यूर्योकमा हालसम्म १ लाख ३७ हजार भन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् ।
सोमबार न्यूर्योकमा ५ सय ९९ जनाले ज्यान गुमाएका थिए । न्यूर्योकपछि सबैभन्दा बढी प्रभावित राज्यको रुपमा न्यूजर्सी रहेको छ । जहाँ आजमात्रै २ सय २९ जनाले ज्यान गुमाएका छन् । यस्तै लौसिन्या, पेन्सिलभेनिया, जर्जिया,फ्लोरिडालगायतका राज्यहरुमा पनि दैनिक दर्जनौं मानिसहरुको ज्यान कोरोनाकै कारण गैरहेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै केही साता अमेरिकाको लागि दुःखद रहेको भन्दै सुरक्षा सावधानी अपनाउनका लागि नागरिकहरुलाई आग्रह गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन
२०८१ पुष २४ गते बुधबार
०८ डिसेम्बर, २०२५लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । विश्वका विभिन्न देशमा...
दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै
२०७६ फाल्गुन १४ गते बुधबार
२६ फेब्रुअरी, २०२०नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ...
कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक...
भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१नयाँदिल्ली, भारत । भारतको महाराष्ट्रस्थित एक अस्पतालको...
Top