मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो

Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार


०७ अप्रिल, २०२०
न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण भयाबहको रुपमा फैलँदै गएको छ । जसका कारण अमेरिकामा पछिल्लो केहीदिन यता दैनिक १ हजार भन्दा बढीको ज्यान जान थालेको छ । सोमबार र मंगलबारको तथ्यांकलाई मात्रै आधार बनाउने हो भने पनि अमेरिकामा यी दुईदिन अर्थात् पछिल्लो ४८ घण्टामा २ हजार ६ सय भन्दा बढीको ज्यान गै सकेको छ ।

सोमबार स्थानीय समय अनुसार दिउँसो २ बजेसम्म अमेरकाभर १ हजार २ सय ५५ जनाको ज्यान गएको थियो भने ३० हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । यही अवधिमा १९ हजार ६ सय भन्दा बढीको उपचार समेत सफल भएको थियो । तर त्यसको २४ घण्टा वित्न नपाउँदै मंगलबार दिउँसो २ बजेसम्म अमेरिकामा थप १ हजार ४ सय ३ जनाको ज्यान गएको छ कोरोना संक्रमणका कारण । कोरोनाका कारण अमेरिकाभर यो समाचार तयार पार्दासम्म १२ हजार २ सय ७४ जनाले ज्यान गुमाईसकेका छन् भने ३ लाख ८६ हजार ५ सय ७१ संक्रमित भेटिएका छन् ।

न्यूर्योक नराम्ररी प्रभावित
अमेरिकाका अधिकांश राज्यहरु कोरोनाको प्रकोपमा परेको भएपनि राजधानी न्यूर्योक नराम्ररी प्रभावित बनेको छ । कोरोनाका कारण मंगलबारमात्रै न्यूर्योकमा ७ सय ३१ जनाले ज्यान गुमाएका छन् । मंगलबार न्यूर्योकमा झण्डै ७ नयाँ कोरोना संक्रमित भेटिएका छन् । न्यूर्योकमा हालसम्म १ लाख ३७ हजार भन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् ।

सोमबार न्यूर्योकमा ५ सय ९९ जनाले ज्यान गुमाएका थिए । न्यूर्योकपछि सबैभन्दा बढी प्रभावित राज्यको रुपमा न्यूजर्सी रहेको छ । जहाँ आजमात्रै २ सय २९ जनाले ज्यान गुमाएका छन् । यस्तै लौसिन्या, पेन्सिलभेनिया, जर्जिया,फ्लोरिडालगायतका राज्यहरुमा पनि दैनिक दर्जनौं मानिसहरुको ज्यान कोरोनाकै कारण गैरहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै केही साता अमेरिकाको लागि दुःखद रहेको भन्दै सुरक्षा सावधानी अपनाउनका लागि नागरिकहरुलाई आग्रह गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी जेठ २ गते...

आफ्ना नागरिकलाई  तत्काल इराक छाड्न अमेरिकाको निर्देशन आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको निर्देशन

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला...

ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे

२०७७ भाद्र २ गते मंगलबार

१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको...

अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा  (फोटोफिचर) अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)

२०७६ माघ २२ गते बुधबार

०५ फेब्रुअरी, २०२० इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि...

Top