Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२०
काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी २०७७ साल बैशाख ३ गतेसम्म हाल जारी रहेको लकडाउनको समय बढाउने निर्णय गरेको हो । यसअघि सरकारले ८ दिनका लागि थप गरेको लकडाउनको समय सकिनै लाग्दा आज मन्त्रीपरिषद्को बैठक बसेर लकडाउन दोश्रो पटक थप गर्ने निर्णय गरेको हो । सरकारले कारोना भाइरसको संक्रमण फैलन नदिन र आम नागरिकको सुरक्षाको लागि भन्दै लकडाउनको समय थप गर्नुपरेको जनाएको छ ।
लकडाउनको समयमा पनि अत्यावश्यकीय सामग्रीको आयात तथा ढुवानी गर्ने सवारी साधनहरुलाई भने निर्वाध रुपमा सञ्चालन हुन दिने निर्णय गरेको छ । केहीदिन अघि कैलाली र कञ्चनपुरमा भारतबाट आएकाहरुमा कोरोनाको संक्रमण देखिएपछि सरकारले लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनको समय थप लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

यो सँगै नयाँ वर्ष २०७७ साल बैशाख ३ गतेसम्म मुलुक पूर्णरुपमा लकडाउन हुने भएको छ । यसअघि सरकारले गत चैत्र ११ गतेदेखि कोरोनाको संक्रमण रोक्नका लागि भन्दै लकडाउन गर्ने निर्णय गरेसँगै लकडाउन कार्यान्वयनमा आएको थियो । यस्तै चैत्र १८ गतेदेखि पुनः दोश्रो चरणको लकडाउनको समय थप भएको थियो ।
लकडाउनको समयमा घरबाहिर ननिस्कन र अत्यावश्यकीय सामग्री तथा सेवा प्रवाहको लागि नजिकको प्रहरी वा स्थानीय जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकासँगैको ‘बत्तिमुनीको’ गाउँ : एक वर्षमै बन्यो स्वास्थ्यचौकी, गाउँलेले पाए एम्बुलेन्स
२०७६ माघ १९ गते आइतबार
०२ जनवरी, २०२०गोदावरी । त्यसो त धेरैको मनमा आउला...
उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का
२०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२०काठमाडौं । किसानबाट उखु किनेबापत रकम भुक्तान...
हिन्दु धर्म, जनै पूर्णिमा र यसको धार्मिक महत्व
२०७७ श्रावण १९ गते सोमबार
निलकण्ठ महारुपपृष्ठभूमिनेपालमा संविधानतः मुलुक अहिले धर्म निरपेक्ष राष्ट्र भएको...
हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने...
Top