२०७७ बैशाख ३ सम्म ‘लकडाउन’

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार


०६ मार्च, २०२०
काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी २०७७ साल बैशाख ३ गतेसम्म हाल जारी रहेको लकडाउनको समय बढाउने निर्णय गरेको हो । यसअघि सरकारले ८ दिनका लागि थप गरेको लकडाउनको समय सकिनै लाग्दा आज मन्त्रीपरिषद्को बैठक बसेर लकडाउन दोश्रो पटक थप गर्ने निर्णय गरेको हो । सरकारले कारोना भाइरसको संक्रमण फैलन नदिन र आम नागरिकको सुरक्षाको लागि भन्दै लकडाउनको समय थप गर्नुपरेको जनाएको छ ।

लकडाउनको समयमा पनि अत्यावश्यकीय सामग्रीको आयात तथा ढुवानी गर्ने सवारी साधनहरुलाई भने निर्वाध रुपमा सञ्चालन हुन दिने निर्णय गरेको छ । केहीदिन अघि कैलाली र कञ्चनपुरमा भारतबाट आएकाहरुमा कोरोनाको संक्रमण देखिएपछि सरकारले लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनको समय थप लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

यो सँगै नयाँ वर्ष २०७७ साल बैशाख ३ गतेसम्म मुलुक पूर्णरुपमा लकडाउन हुने भएको छ । यसअघि सरकारले गत चैत्र ११ गतेदेखि कोरोनाको संक्रमण रोक्नका लागि भन्दै लकडाउन गर्ने निर्णय गरेसँगै लकडाउन कार्यान्वयनमा आएको थियो । यस्तै चैत्र १८ गतेदेखि पुनः दोश्रो चरणको लकडाउनको समय थप भएको थियो ।

लकडाउनको समयमा घरबाहिर ननिस्कन र अत्यावश्यकीय सामग्री तथा सेवा प्रवाहको लागि नजिकको प्रहरी वा स्थानीय जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ पोखरा । उपप्रधान, स्वास्थ्य तथा जनसङख्या...

त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ

२०७६ असार ४ गते बुधबार

१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत...

जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे…. जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड...

दोलखाका खड्काको चीनमा निधन दोलखाका खड्काको चीनमा निधन

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...

Top