विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार


०६ मार्च, २०२०
न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा कोरोना (कोभिड १९) को संक्रमण देखिएको छ । यहाँस्थित एउटा सदर चिडियाखानामा रहेको जंगली बाघमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । बीसीसीका अनुसार न्यूर्योकको ब्रोनक्स जु (चिडियाखाना) मा रहेको एउटा पोथी बाघमा कोरोनाको संक्रमण देखिएको छ । यो नै विश्वमै पहिलोपटक बाघमा देखिएको कोरोनाको संक्रमण भएको बन्यजन्तुहरुको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिले दाबी गरेका छन् । यसअघि चीनमा बिरालोमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको थियो ।

चिडियाखानामा रहकी एक बघिनी विरामी परेपछि परिक्षणका क्रममा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । न्यूर्योकको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाका अनुसार कोरोनाको संक्रमणबाट एक बघिनीसहित अरु ३ वटा बाघ समेत विरामी परेका छन् । सो चिडियाखानामा बन्जयन्तुको स्याहार सुसारमा खटिएका एकजना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको र उनैका कारण बाघहरुमा समेत कोरोना संक्रमण भएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

यद्यपि कोरोना संक्रमित बाघ तथा बघिनीहरुको अवस्था सामान्य रहेको छ । बाघहरुमा खानामा अरुची तथा अल्छीपन देखिएपछि पशुचिकित्सकहरुले परिक्षण अघि बढाएका थिए । ल्याब परीक्षणका क्रममा बाघहरुमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । कोरोनाको संक्रमण भेटिएपछि ती बाघहरुलाई छुट्टै राखेर उपचार थालिएको छ । यस्तै, बाघ तथा बघिनीहरुमा कोरोनाको संक्रमण देखिएपछि अन्य जनावरलाई भने छुट्टै ठाउँमा सुरक्षित राखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’ डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सुडान । अफ्रिकी महादेश तथा केही युद्दग्रस्त...

हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षको शव २२ दिनपछि भेटियो, अरु ११ अझै वेपत्ता हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षको शव २२ दिनपछि भेटियो, अरु ११ अझै वेपत्ता

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ काठमाडौं । जीप दुर्घटनामा परी विगत...

अष्ट्रेलियामा आगोको वितण्डा अष्ट्रेलियामा आगोको वितण्डा

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा...

पेट्रोलियम पदार्थको मूल्य समायोजन पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...

Top