गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि

Best Khabar Team | २०७६ चैत्र १७ गते सोमबार


३० मार्च, २०२०
धादिङ्गबेसी । धादिङ्गको गंगाजमुना गाउँपालिकाले पछिल्लो ३ सातायता विश्वका विभिन्न मुलुकमा पुगेर गाउँ फर्केका गाउँलेहरुको नाम, ठेगाना र मोबाइल नम्बर समेत सार्वजनिक गरेको छ । गाउँपालिकाको यो काम कोरोना संक्रमण नियन्त्रण र सचेतनाका लागि महत्वपूर्ण कमद भएको भन्दै स्थानीय वासिन्दाले खुसी व्यक्त गरेका छन् ।

गाउँपालिकाले विदेशबाट आएकाहरुको नामाबली, ठेगाना र कतिपयको मोबाइल नम्बरसमेत सार्वजनिक गर्दा एक ती व्यक्ति स्वयं सेल्फ आइसोलेनमा बस्ने र उनीहरुसँग सम्पर्कमा रहेकाहरुले समेत आफूलाई आइसोलेसनमा राख्न पाउने छन् । जसका कारण गाउँमा कोरोना भाइरसको सम्भावित जोखिम फैलन पाउने छैन । गाउँपालिकाले पछिल्लो ३ सातायता रोजगारी तथा भ्रमणका लागि विश्वका विभिन्न मुलुक पुगेर गाउँ फर्केका ३० जनाको नामाबाली आज सार्वजनिक गरेको हो ।

उनीहरु हाल आफ्नै घरमा आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सार्वजनिक रहेको गाउँपालिकाको भनाई छ । गाउँमा कोरोनाको संक्रमण फैलन नदिन र आवश्यक जनचेतना फैलाउनका लागि गाउँपालिकाले पालिका भित्रपर्ने विभिन्न वडामा जनचेतनामूलुक कार्यक्रमहरु गर्दै आएको छ । सम्भावित कोरोनाको जोखिमलाई कम गर्नका लागि गाउँपालिकाले अहिले वडाका विभिन्न स्थानमा क्वारेन्टाइन सेन्टर समेत निर्माण गरिसकेको छ ।

यस्तै सरकारले गरेको लकडाउनलाई पूर्णरुपमा पालन गर्न र कोरोनासंक्रमणको आशंका लागेमा नजिकको स्वास्थ्य चौकी र गाउँपालिकाका पदाधिकारीहरुलाई जानकारी गराउन अनुरोध समेत गरेको छ । त्यसो त छोटो समयमै गंगाजमुना गाउँपालिकाले पालिका भित्र्पर्ने धादिङ्गको फूलखर्क, बुढाथुम, बसेरीलगायतका क्षेत्रमा विभिन्न खाले विकास निमार्णका काम अघि बढाएको छ ।

यस्तै स्थानीयको स्वास्थ्य, शिक्षालगायत व्यक्तिगत आधारभूत आवश्यकताका तथा सूचना, सञ्चार र जनचेतनालगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर गाउँपालिकाले काम अघि बढाउँदै आएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकाको बयोधा अस्पतालका स्वास्थ्यकर्मीमार्फत ११ जनामा कोरोना संक्रमण फैलियो उपत्यकाको बयोधा अस्पतालका स्वास्थ्यकर्मीमार्फत ११ जनामा कोरोना संक्रमण फैलियो

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०काठमाडौं । काठमाडौंमा एकजना स्वास्थ्यकर्मीमार्फत् उनको घरका...

देशभर कोरोना संक्रमितको संख्या ४६  सय*बाट उकालो लाग्यो देशभर कोरोना संक्रमितको संख्या ४६ सय*बाट उकालो लाग्यो

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा थप २...

रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने...

अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । नेपालको भौगलिक अवस्था तथा...

Top