भारतमा कोरोना : २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार


२८ मार्च, २०२०
नयाँदिल्ली । भारतमा कोरोनाको संक्रमणबाट हालसम्म ९ सय ३३ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार देशको राजधानी नयाँदिल्लीलगायत देशका विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित भेटिएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भै रहेको छ ।

संक्रमितमध्ये हालसम्म २० जनाको ज्यान गै सकेको छ भने ८४ जनाको सफल उपचार भएको छ । भारतमा पहिलोपटक फेब्रुअरी १५ तारिखका दिन कोरोना संक्रमित भेटिएको थियो । त्यसपछि निरन्तर रुपमा दैनिक संक्रमित भेटिँदै आएको छ । कोरोनाको प्रकोपलाई फैलन नदिन यहाँको सरकारले २१ दिने लकडाउन गरेको छ ।

जसका कारण विगत १ सातादेखि यहाँका स्कुल, क्याम्पस, सरकारी कार्यालय, निजी उद्योगधन्दालगायत, सार्वजनिक तथा निजी यातयातका साधन ठप्प छ । अत्यावश्यक सेवा प्रवाह गर्नेहरुको सेवा सुचारु रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले संकटको यो अवस्थाबाट पार पाउनका लगि सबैलाई घरभित्रै रहन आग्रह गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०काठमाडौं । पश्चिमी बायुको न्यून चापीय प्रणाली...

आन्तरिक उडान ७ महिनापछि सूचारु आन्तरिक उडान ७ महिनापछि सूचारु

२०७७ आश्विन ५ गते सोमबार

२२ सेप्टेम्बर, २०२०काठमाडौं । विगत ७ महिनादेखि कोरोना भाइरसको...

अमेरिकी पत्रकारको नेपाल सरकारलाई सुझाव अमेरिकी पत्रकारको नेपाल सरकारलाई सुझाव

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९ वासिङ्टन डिसी । क्रिस्टोफर फाउण्डेशनको नेपाल...

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९)...

Top