भारतमा कोरोना : २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार


२८ मार्च, २०२०
नयाँदिल्ली । भारतमा कोरोनाको संक्रमणबाट हालसम्म ९ सय ३३ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार देशको राजधानी नयाँदिल्लीलगायत देशका विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित भेटिएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भै रहेको छ ।

संक्रमितमध्ये हालसम्म २० जनाको ज्यान गै सकेको छ भने ८४ जनाको सफल उपचार भएको छ । भारतमा पहिलोपटक फेब्रुअरी १५ तारिखका दिन कोरोना संक्रमित भेटिएको थियो । त्यसपछि निरन्तर रुपमा दैनिक संक्रमित भेटिँदै आएको छ । कोरोनाको प्रकोपलाई फैलन नदिन यहाँको सरकारले २१ दिने लकडाउन गरेको छ ।

जसका कारण विगत १ सातादेखि यहाँका स्कुल, क्याम्पस, सरकारी कार्यालय, निजी उद्योगधन्दालगायत, सार्वजनिक तथा निजी यातयातका साधन ठप्प छ । अत्यावश्यक सेवा प्रवाह गर्नेहरुको सेवा सुचारु रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले संकटको यो अवस्थाबाट पार पाउनका लगि सबैलाई घरभित्रै रहन आग्रह गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने

२०७७ माघ २९ गते बिहिबार

११ फेब्रुअरी, २०२१काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९)...

न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, ललितपुर । सशस्त्र युद्धका बेला आफ्ना छोरालाई...

देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक, निको हुने क्रम पनि बढ्दो देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक, निको हुने क्रम पनि बढ्दो

२०७७ मंशिर २८ गते आइतबार

१३ डिसेम्बर, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या साढे...

चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा

२०७७ असार २२ गते सोमबार

०६ जुलाई, २०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणको केन्द्रविन्दु बनेको...

Top