Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०
काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गइरहेको छ । आज थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि भए सँगै हालसम्म नेपालका कोरोना संक्रमितको संख्या ५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको चैत्र ४ गते कतार एयरको विमान हुँदै कतारको राजधानी दोहा हुँदै काठमाडौं आएकी २२ वर्षकी युवतीमा कोरोनाको संक्रमण भेटिएको हो ।
उनी हाल बाग्लुङ्गस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत छिन् । उनको नमुना परिक्षणका क्रममा उनमा कोरोना पोजेटिभ भेटिएको मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा जानकारी गराईको छ । यसअघि सोही विमानमा यात्रा गर्ने काठमाडौंकी एक १९ वर्षकी युवतीमा पनि कोरोनाको संक्रमण भेटिएको र उनी हाल टेकुस्थित सरुवा रोग अस्पतालमा उपचाररत छिन् । उनी फ्रान्सको राजधानी पेरिस हुँदै कतारबाट काठमाडौं आएकी थिइन् । उनमा कोरोना संक्रमण भएको करिब १ साता अघि पुष्टि भएको थियो ।
त्यसपछि सो विमानमा यात्रा गर्नेहरुको तथ्यांक समेत सार्वजनिक गरिएको थियो । कोरोना संक्रमितमध्ये २ को काठमाडौंको टेकु अस्पतालमा, एकको सेती प्रादेशिक अस्पतालमा र आज कोरोना संक्रमण पुष्टि भएकी युवतीको बाग्लुङ्गस्थित धवलागिरी अञ्चल अस्पतालमा उपचार भै रहेको छ । ती युवतीलाई सुरक्षितरुपमा काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पतालमा ल्याइने स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा जनाएको छ । ।
यद्यपि एकजना भने उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् । यसअघि धनगढीमा उपचार गराईरहेका पुरुष संक्रमित केही समयअघि दुबईबाट काठमाडौं आएका थिए । यस्तै, काठमाडौंमा उपचारत धादिङ्गका एक युवक पनि विदेशबाटै आएका थिए भने नेपालमा भेटिएको पहिलो कोरोना संक्रमित पनि चीनबाट काठमाडौं फर्केका व्यक्ति थिए ।
पछिल्ला दिनमा कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि सरकारले सिँगो मुलुकलाई ‘लकडाउन’ गरेको पाँचौदिन ५ औं कोरोना संक्रमित भेटिएकी हुन् । सरकारले कोरोनाको संक्रमणबाट जोगाउन आम नागरिकलाई घरभित्रै बस्न र सुरक्षित रहन आग्रह गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना नियन्त्रणसम्बन्धी अत्यावश्यकीय सामग्री लिएर चीनबाट नेपाल एयरलाईन्सको विमान आज मध्यरातमा काठमाडौं आइपुग्दै
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको प्रकोप र...
देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्म देशभर रहेका...
आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात
२०७६ फाल्गुन २ गते शुक्रबार
१४ फेब्रुअरी, २०२० काठमाडौं । आज अँग्रेजी पात्रो अनुसार...
कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’
२०७६ चैत्र १० गते सोमबार
२३ मार्च, २०२०काठमाडौं । सरकारले आगामी १ साताका लागि...
Top