युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)

Best Khabar Team | २०७६ चैत्र १३ गते बिहिबार


२६ मार्च, २०२०
लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विरामी भएर मृत्यु हुने क्रम तीव्र बनेको छ । यस्तै युरोपका एकदर्जन बढी देशमा संक्रमितको संख्या बढ्दो छ । विशेष गरी युरोपको इटली, स्पेन र फ्रान्समा गरी अहिलेसम्म झण्डै १४ हजार जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् ।

कोरोना भाइरसबारे लाइभ अपेडट गर्ने वल्र्डोमिटरर्स डटकमका अनुसार बेल्जियमको स्थानीय समयअनुसार बिहीबार राती ७ बजेर ४० मिनेट जाँदासम्म इटलीमा कोरोनाका कारण ८ हजार २ सय ६१ को ज्यान गएको छ । जसमध्ये ७ सय १२ जना पछिल्लो २४ घण्टायता थपिएका नयाँ मृतकको संख्या हो । इटलीमा ६ हजार २ सय ३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । त्यसमध्ये १० हजार ३ सय ६१ जना उपचारपछि घर फर्किसकेका छन् ।

इटलीमा कोरोना संक्रमितका कारण अस्पतालका चिकित्सकहरुलाई उपचारमा कठिनाई भै रहेको छ भने चीनबाट समेत चिकित्सक र सामग्री मगाएर उपचार थालिएको छ । यस्तै इटलीपछि सबैभन्दा धेरै मानिसको मृत्यु युरोपेली मुलुक स्पेनमा भएको छ । स्पेनमा हालसम्म ४ हजार १ सय ४५ जनाको ज्यान गै सकेको छ भने ५६ हजार १ सय ९७ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ सय ९८ जना पछिल्लो २४ घण्टा यता थपिएका नयाँ मृतक हुन् । स्पेनमा ७ हजार १५ जनाको उपचार सफल भएर घर फर्केका छन् । यस्तै युरोपेली मुलुक फ्रान्समा पनि मृतकको संख्या १६ सय नाघेको छ । पछिल्लो जानकारी अनुसार फ्रान्समा पछिल्लो २४ घण्टामा ३ सय ६५ जनाको ज्यान गएको छ ।

फ्रान्सपछि नेदरल्याण्ड, बेल्जियम, स्वीट्जरल्याण्ड, जर्मनीलगायतका देश बढी प्रभावित छन् । बेल्जियममा हालसम्म २ सय २० जनाको ज्यान गएको छ भने ६ हजार २ सय भन्दा बढी संक्रमित भेटिएका छन् । यस्तै नेदरल्याण्डमा ७ हजार ४ सय ३१ जना संक्रमित भेटिँदा ४ सय ३४ जनाले ज्यान गुमाएका छन् । यस्तै स्वीट्जरल्याण्डमा १ सय ९१ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै पोर्चुगलमा ६० जनाको ज्यान गै सकेको छ भने ३ हजार ५ सय ४४ जना संक्रमित उपचाररत छन् ।

यसका अलावा, स्वीडेन, लण्डनपनि प्रभावित बनेको छ । लण्डनमा यो समाचार तयार पार्दासम्म ५ सय ७८ जनाको ज्यान गएको छ । जसमध्ये १ सय १३ जना नयाँ मृतक हुन् । कोरोना भाइरसको संक्रमणको कारण सिँगो युरोप लकडानको अवस्थामा रहेको छ । कतिपय देशले पूर्णरुपमा सिमा बन्द गरेको भएपनि केही देशले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि

२०८२ बैशाख १९ गते शुक्रबार

०२ मे, २०२५काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल...

पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई तत्काल चिन लैजाँदैनौं : चिनियाँ दूतावास पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई तत्काल चिन लैजाँदैनौं : चिनियाँ दूतावास

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० काठमाडौं । दुईसाताअघि काठमाडौंका विभिन्न स्थानबाट...

५ तस्वीरमा हेर्नुहोस् मंगल ग्रहको जमिन,नदि तथा ढुंगाहरू (पहिलो पटक रेकर्ड गरिएको आवाज सहित) ५ तस्वीरमा हेर्नुहोस् मंगल ग्रहको जमिन,नदि तथा ढुंगाहरू (पहिलो पटक रेकर्ड गरिएको आवाज सहित)

२०७७ फाल्गुन १३ गते बिहिबार

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगलग्रहमा हालै पठाएको एउटा अन्तरिक्ष...

‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा ‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा

२०७७ माघ ३० गते शुक्रबार

१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक...

Top