Best Khabar Team | २०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०
काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी एक नेपाली युवतीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । चैत्र ४ गते फ्रान्सको राजधानी पेरिस हुँदै काठमाडौं आएकी ती युवतीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मा राखेर उपचार शुरु गरिएको थियो ।
उनको ल्याव परीक्षणका क्रममा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ती युवतीसँगै विमानमा आउनेहरुको बारेमा तत्काल जानकारी लिने र उनीहरुलाई पनि आइसोलेसनमा राख्ने विषयमा तत्काल काम अघि बढाउने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
उपचारमा रहेकी ती युवतीको अवस्थामा सामान्य रहेको बताइएको छ । उनी कतार एयरलाइन्सको विमान हुँदै पेरिसबाट कतारको राजधानी दोहा हुँदै चैत्र ४ गते काठमाडौं आएकी थिइन् । केही साताअघि अध्ययनका लागि चीन पुगेका एक नेपाली युवकमा पनि कोरोनाको संक्रमण देखिएको भएपनि उनी स्वास्थ्यलाभ गरी नियमित रुपमा काममा फर्किसकेका छन् ।
यसैबीच मन्त्रालयले विगतमा पनि नेपालमा एकजनामा कोरोना देखिएको र उनी पूर्णरुपमा निको भैसकेकाले यसका विषयमा अनावश्यक हल्ला नगर्न र घरभित्रै बसेर कोरोना नियन्त्रण गर्ने सरकारको अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको...
दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै...
प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली स्वदेश ल्याइने : पहिलो चरणमा २५ हजारलाई फर्काईँदै
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०काठमाडौं । कोरोनाको संक्रमण (कोभिड १९) का...
कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल
२०७६ चैत्र ६ गते बिहिबार
विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका...
Top