Best Khabar Team | २०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०
काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी एक नेपाली युवतीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । चैत्र ४ गते फ्रान्सको राजधानी पेरिस हुँदै काठमाडौं आएकी ती युवतीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मा राखेर उपचार शुरु गरिएको थियो ।
उनको ल्याव परीक्षणका क्रममा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ती युवतीसँगै विमानमा आउनेहरुको बारेमा तत्काल जानकारी लिने र उनीहरुलाई पनि आइसोलेसनमा राख्ने विषयमा तत्काल काम अघि बढाउने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
उपचारमा रहेकी ती युवतीको अवस्थामा सामान्य रहेको बताइएको छ । उनी कतार एयरलाइन्सको विमान हुँदै पेरिसबाट कतारको राजधानी दोहा हुँदै चैत्र ४ गते काठमाडौं आएकी थिइन् । केही साताअघि अध्ययनका लागि चीन पुगेका एक नेपाली युवकमा पनि कोरोनाको संक्रमण देखिएको भएपनि उनी स्वास्थ्यलाभ गरी नियमित रुपमा काममा फर्किसकेका छन् ।
यसैबीच मन्त्रालयले विगतमा पनि नेपालमा एकजनामा कोरोना देखिएको र उनी पूर्णरुपमा निको भैसकेकाले यसका विषयमा अनावश्यक हल्ला नगर्न र घरभित्रै बसेर कोरोना नियन्त्रण गर्ने सरकारको अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...
१७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए
२०७६ फाल्गुन ३ गते शनिबार
१५ फेब्रुअरी, २०२० काठमाडौं । अन्तत: २४ दिनपछि चीनमा...
काठमाडौं विमानस्थलमा टरेको खतरा : ३ घण्टापछि विमानस्थल सूचारु
२०७६ माघ २७ गते सोमबार
१०, फेब्रुअरी, २०२०काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा आज साँझ...
लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने
२०७७ बैशाख १५ गते सोमबार
२७ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको नियम उल्लंघन गरेर...
Top