चैत्र १० देखि एक हप्ताका लागि दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गरिने

Best Khabar Team | २०७६ चैत्र ९ गते आइतबार


२२ मार्च, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको पूर्व तयारीका लागि भन्दै नेपालसँग सिमा जोडिएका दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । चीन र भारत दुबै देशमा कोरोना भाइरसको प्रकोप देखिएको र यी देशसँगको सीमा नाका खुल्लागर्दा संक्रमितहरु आउजाउ गर्नसक्ने भन्दै भोलिदेखि लागूहुने एकसाताका लागि सीमानाका बन्द गर्ने निर्णयमा सरकार पुगेको हो ।

मन्त्रीपरिषद्को आज बसेको बैठकले बैठकले चैत्र १० गतेदेखि लागू हुने गरी नेपाल भारत र नेपाल चीनबीचका सबै नाकाहरु बन्द गर्ने निर्णय गरेको हो । भोलि बिहान १० बजेदेखि सीमा बन्द गर्ने निर्णय कार्यान्वय गरिने समितिको भनाई छ ।

हाल भारतमा अध्ययन तथा रोजगारीका लागि गएका हजारौं मानिसहरु सीमानाका हुँदै नेपाल आउन थालेसँगै कोरोनाको जोखिम पनि बढ्दै गएको भन्दै सरकारलाई नाकाबन्द गर्न आम नागरिकले विभिन्न माध्यमबाट दबाब दिएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह

२०७७ श्रावण ३१ गते शनिबार

१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८...

नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । बहुप्रतिक्षित नेपाल भ्रमणवर्ष २०२०...

होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए

२०७६ असार ५ गते बिहिबार

२०, जुन, २०१९ काठमाडौं । होटल प्रशासनले होटल बन्द...

उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी ! उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले...

Top