Best Khabar Team | २०७६ चैत्र ९ गते आइतबार

२२ मार्च, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको पूर्व तयारीका लागि भन्दै नेपालसँग सिमा जोडिएका दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । चीन र भारत दुबै देशमा कोरोना भाइरसको प्रकोप देखिएको र यी देशसँगको सीमा नाका खुल्लागर्दा संक्रमितहरु आउजाउ गर्नसक्ने भन्दै भोलिदेखि लागूहुने एकसाताका लागि सीमानाका बन्द गर्ने निर्णयमा सरकार पुगेको हो ।
मन्त्रीपरिषद्को आज बसेको बैठकले बैठकले चैत्र १० गतेदेखि लागू हुने गरी नेपाल भारत र नेपाल चीनबीचका सबै नाकाहरु बन्द गर्ने निर्णय गरेको हो । भोलि बिहान १० बजेदेखि सीमा बन्द गर्ने निर्णय कार्यान्वय गरिने समितिको भनाई छ ।
हाल भारतमा अध्ययन तथा रोजगारीका लागि गएका हजारौं मानिसहरु सीमानाका हुँदै नेपाल आउन थालेसँगै कोरोनाको जोखिम पनि बढ्दै गएको भन्दै सरकारलाई नाकाबन्द गर्न आम नागरिकले विभिन्न माध्यमबाट दबाब दिएका थिए ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पुर्ननिर्माण कार्य समयमै सम्पन्न हुनेमा सरोकार तथा समन्वय समितिको विश्वास
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार...
कोरोनाको करिब ७ महिने ताण्डव : विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो (बढी प्रभावित विश्वका १० देशको तथ्यांक सहित)
२०७७ श्रावण ३ गते शनिबार
१८ जुलाई, २०२०काठमाडौं । गएको डिसेम्बर तेश्रो साता चीनको...
नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा
२०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...
युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १० गते सोमबार
२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...
Top