होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ : १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला

Best Khabar Team | २०७६ चैत्र ८ गते शनिबार


२१ मार्च, २०२०
काठमाडौं । विश्वसमुदाय यतिबेला कोरोना भाइरसको प्रकोपबाट गुज्रिरहेको छ । नेपाल नेपाल सरकार र सिँगो देश यतिबेला कोरोनाको रोकथामको लागि पूर्वतयारीमा जुटेको छ । तर यो बेलामा समाजलाई आतंकित बनाउने व्यक्ति, समूह, सामाजिक सञ्जाल प्रयोगकर्ता वा अनलाईन र युट्युव च्यानलहरु पनि यतिबेला सक्रिय हुन थालेका छन् । शुक्रबार र शनिबारमात्रै कोरोनाका विषयमा विभिन्न खाले भ्रामक सूचनाहरु सामाजिक सञ्जालबाट सार्वजनिक भए, नर्भिकमा कोरोना जाँच गरिएकोमो पोजेटिभ देखिएको देखि सेनाको हेलिकोप्टरले कोरोनाको किटाणु छर्नेसम्मका ।

यही क्रममा सामाजिक सञ्जालमा नर्भिक अस्पतालसँग जोडेर अडियो सार्वजनिक गर्ने युवक विवेक थापा मगरलाई लाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अघि बढाएको छ । नेपालको मुलुकी अपराध संहिता अनुसार यसरी झुठा अफवाह फैलाए एक वर्षसम्म कैद र १० लाख जरिवाना हुनसक्ने व्यवस्था छ ।

हेर्नोस् मुलुकी ऐनमा उल्लेख भएको अपराध संहिताको महलमा के लेखिएको छ ?

७०. झुठ्ठा अफबाह फैलाउन नहुनेः (१) कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुश गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

मानवीय धर्मसँग जोडिएको विषयमा नाकारात्मक सन्देश फैलाउनेलाई कानुनले त्यतिकै छाड्ने छैन । त्यसैले सबैले बेलैमा होसियार संयमित बन्नुपर्ने देखिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर , २०१९ न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड...

एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं

२०७७ जेठ १९ गते सोमबार

माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार...

हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने

२०७६ चैत्र २७ गते बिहिबार

०९ अप्रिल, २०२०चौतारा । नेपाल चीन सीमावर्ती नाका तातोपानी...

कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने

२०७७ माघ २९ गते बिहिबार

११ फेब्रुअरी, २०२१काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९)...

Top