Best Khabar Team | २०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोप रोक्नका लागि आगामी सोमबारबाट देशभर लामो दुरीका गाडीहरु सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै लामो दुरीका गाडीहरु हुँदै यात्रुहरु एकठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा कोरोनाको संक्रमण देशव्यापी रुपमा फैलनसक्ने भन्दै यसको नियन्त्रणको पूर्व तयारीका लागि भन्दै काठमाडौंबाट देशका विभिन्न ठाउँमा जाने, ती ठाउँबाट काठमाडौं आउनेलगायत लामो दुरीमा सञ्चालन हुने सबै यात्रुबाहक बस तथा अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको बताएका हुन् ।
तर यसमा आपूर्ति सेवासँग सम्बन्धित कुनै पनि ढुवानीका सवारी नरोकिने सरकारले स्पष्ट पारेको छ । यो सँगै ब २५ किलोमिटर भन्दा लामो दुरीमा यात्रा गर्ने सवारी साधनहरु आगामी चैत्र २१ गतेसम्मका लागि बन्द भएको छ ।
यो सँगै सरकारले आगामी चैत्र २१ गतेसम्मका लागि विश्वभरबाट नेपाल आउने सबै विमानहरुलाई पनि प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को...
लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । लमजुङ्गमा पछिल्लो २४ घण्टामा थप...
गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...
देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी निको...
Top