Best Khabar Team | २०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोप रोक्नका लागि आगामी सोमबारबाट देशभर लामो दुरीका गाडीहरु सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै लामो दुरीका गाडीहरु हुँदै यात्रुहरु एकठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा कोरोनाको संक्रमण देशव्यापी रुपमा फैलनसक्ने भन्दै यसको नियन्त्रणको पूर्व तयारीका लागि भन्दै काठमाडौंबाट देशका विभिन्न ठाउँमा जाने, ती ठाउँबाट काठमाडौं आउनेलगायत लामो दुरीमा सञ्चालन हुने सबै यात्रुबाहक बस तथा अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको बताएका हुन् ।
तर यसमा आपूर्ति सेवासँग सम्बन्धित कुनै पनि ढुवानीका सवारी नरोकिने सरकारले स्पष्ट पारेको छ । यो सँगै ब २५ किलोमिटर भन्दा लामो दुरीमा यात्रा गर्ने सवारी साधनहरु आगामी चैत्र २१ गतेसम्मका लागि बन्द भएको छ ।
यो सँगै सरकारले आगामी चैत्र २१ गतेसम्मका लागि विश्वभरबाट नेपाल आउने सबै विमानहरुलाई पनि प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
त्रिभुवन विमानस्थलको अस्तव्यस्तता
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९ वेस्टखबर टिम । काठमाडौं । सरकार...
अस्पतालको लापरबाहीले बालिकाको मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । बैशाख २३ गते काठमाडौंको...
काठमाडौं बानेश्वरका एक बृद्धको कोरोना संक्रमणका कारण निधन, संक्रमितको संख्या १५ हजार २ सय नाघ्यो
२०७७ असार १९ गते शुक्रबार
०३ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौंमा एकजना...
रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन
२०८१ पुष २४ गते बुधबार
०८ डिसेम्बर, २०२५लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । विश्वका विभिन्न देशमा...
Top