कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार


विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका करिब १ सय ८० देशमा कोरोनाको संक्रमण फैलिइसकेको छ भने झण्डै ९ हजार जना (यो समाचार तयार पार्दासम्म चैत्र ६ गते दिउँसो ४ बजे, नेपाली समयसम्म) को ज्यान कोरोनाका कारण गै सकेको छ । यही अवधिमा २ लाख २१ हजार २ सय ९० जनामा कोरोनाको संक्रमण फैलिइसकेको छ । तर यही केही खुसीको कुराहरु पनि छन् । चीन लगायत कतिपय देशले कारोनाको संक्रमितको संख्या ह्वात्तै घट्न थालेपछि दर्जनौ अस्पतालहरु बन्द गरेका छन् ।

यस्तै यहीबीचमा कोरोनाको संक्रमण भै अस्पतालमा उपचार गराईरहेका मध्ये विश्वभरका झण्डै ८६ हजार मानिसले पूर्णरुपमा स्वास्थ्यलाभ गरी घर फर्केका छन् । कोरोनाको विश्वव्यापी सर्भे गर्ने साईट ओल्डोमिटरर्स डट इन्फोको लाईभ अपडेटलाई आधार मान्दा हालसम्म चीनमा सबैभन्दा बढीले कोरोनाबाट स्वास्थ्यलाभ गरेका छन् ।

स्मरणीय के छ भने चीन कोरोनाको उत्पत्ती भएको स्थान हो । चीनमा हालसम्म ७० हजार ४ सय २० जना विरामीको उपचार सफल भएको छ । यस्तै इटलीमा ४ हजार २५ जना, इरानमा ५ हजार ७ सय १० जना, स्पेनमा १ हजार ८१ जना, इरानमा ५ हजार ७ सय १० जना, जर्मनीमा १ सय १३ जना, अमेरिकामा १ सय ८ जना, फ्रान्समा ६ सय २ जना, दक्षिण कोरियामा १ हजार ९ सय ४७ जना उपचार पछि कोरोनाका निको भएर घर फर्केका छन् ।

यसका साथै, स्वीट्जरल्याण्डमा १५, लण्डनमा ६५, नेपालमा १, नेदरल्याण्डमा २, बेल्जियममा ३१, अष्ट्रियामा ९ जनाको उपचार सफल भएको छ । यसका अलावा जापानमा १ सय ९१, अष्ट्रेलियामा ४६, इजरायलमा १३, ग्रिसमा १४, फिनल्याण्डमा १०, सिंगापुरमा १ सय १७, थाइल्याण्डमा ४२ जनाले पूर्णरुपमा स्वास्थ्य लाभ प्राप्त गरेका छन् ।

यस्तै कोरोनाको संक्रमण भै अस्पतालमा गएका मध्ये रोमानियामा १९, बहराईनमा ९५, इजिष्टमा २८, हङकङमा ९५, भारतमा १५, इराकमा ४३, कुवेतमा १८, युएईमा २६, ताईवानमा २६, अल्जेरियामा ३२ जना निको भएका छन् । त्यसैले कोरोनाको संक्रमणबाट बच्नका लागि व्यक्तिगत सुरक्षामा ध्यान दिने तथा हल्लाको भरमा लाग्ने भन्दा पनि आफू र आफ्नो परिवारको व्यक्तिगत सुरक्षामा ध्यान दिने र सकेसम्म घरबाहिर ननिस्कने र तल दिइएको सचेतनामूलुक सन्देशमा उल्लेख भएका कुराहरु पालना गरे यसको महामारीबाट बच्न सकिने चिकित्सहरुको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशभर कोरोना संक्रमितको संख्या ४६  सय*बाट उकालो लाग्यो देशभर कोरोना संक्रमितको संख्या ४६ सय*बाट उकालो लाग्यो

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा थप २...

अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’ अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत...

आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले चीनबाट चार्टर विमानमार्फत...

आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता

२०७६ पुष १५ गते मंगलबार

– आनन्द शर्मा नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि देशभित्र...

Top