युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै

Best Khabar Team | २०७६ चैत्र ४ गते मंगलबार


१७ मार्च, २०२०
लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट आफ्नो मुलुकलाई जोगाउन युरोपका विभिन्न देशले विभिन्न खाले रणनीति अपनाउन थालेका छन् । यही क्रममा युरोपेली युनियनको केन्द्रको रुपमा रहेको बेल्जियमले आफ्नो देशको सबै सिमाहरु भोलिदेखि बन्द गर्ने निर्णय गरेको छ ।

बेल्जियम सरकारले आगामी अप्रिल ५ तारिखसम्मका लागि आफ्नो देश प्रवेश गर्ने अत्यावश्यक सेवा बाहेकका हवाई तथा स्थल यात्रु तथा सवारी साधन बेल्जियम आउन तथा बाहिर जान रोक लगाउने निर्णय गरको छ । यो नियम बेल्जियममा रहनेहरुको हकमा पनि लागू हुँदैछ । बेल्जियम सरकारले भोलि दिउँसो १२ बजेदेखि लागूहुने गरी झण्डै ३ साताका लागि देशलाई ‘लकडाउन’ गर्ने घोषणा गरेको छ ।

कोरोनाको प्रकोपलाई रोक्नका लागि यो नियम लागू गरेको भन्दै यहाँको सरकारले सबै सर्वसााधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर नस्किन अनुरोध गरेको छ । यो नियमसँगै बेल्जियमका होटल, रेस्टुरेन्ट तथा अन्य फास्टफुड सेवा प्रदायकहरुले पनि तत्कालका लागि सेवा स्थगित गर्नुपर्ने भएको छ । अत्यावश्यक उपभोग्य सामग्री प्रदायक पसलहरुमा भने निश्चित नियम बनाएर उपभोक्ताहरुको आवागमन खुला गरिने बताइएको छ ।

बेल्जियममा हालसम्म १ हजार २ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ जसमध्ये १ सय ८५ जना नयाँ विरामी हुन् भने १० जनाको कोरोनाको कारण हालसम्म निधन भै सकेको छ । यसैबीच हालै युरोपेली युनियनबाट अलग भएको ‘निर्वतमान युरोपेली मुलुक’ लण्डनले पनि आफ्नो देशको सबै सिमाहरु कम्तीमा १ महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ ।

लण्डनले देशमा अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिनका लागि द्रुतगतिबाट सामान ल्याउने योजना पनि अघि सारेको छ । पछिल्लो समयमा हिजोमात्रै युरोपेली मुलुक पोर्चुगल र फ्रान्सले आफ्नो देशका सिमाहरु बन्द गर्ने निर्णय गरेका थिए । लण्डनमा हालसम्म १ हजार ९ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

जसमा ४ सय ७ जना पछिल्लो २४ घण्टा यता बढेका नयाँ विरामी हुन् । हालसम्म लण्डनमा ७१ जनाको ज्यान कोरोनाको कारण गैसकेको छ । जसमा १६ जना पछिल्लो २४ घण्टायता ज्यान गुमाउनेहरु छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ज्ञान लिएर जाने होइन, छोडेर जाने हो ज्ञान लिएर जाने होइन, छोडेर जाने हो

२०७७ मंशिर २७ गते शनिबार

– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा...

कसले जलायो चितवनमा एनसेलको टावर ? कसले जलायो चितवनमा एनसेलको टावर ?

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० भरतपुर । अज्ञात समूहले गएराति चितवनमा...

देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...

चैत्र ७ गतेदेखि  बैशाख ३ गतेसम्म युरोपलगायतका देशबाट नेपाल आउन नपाईने चैत्र ७ गतेदेखि बैशाख ३ गतेसम्म युरोपलगायतका देशबाट नेपाल आउन नपाईने

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२० काठमाडौं । सरकारले पछिल्लो समयमा कोरोनाबाट...

Top