Best Khabar Team | २०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०
मड्रिड । युरोपेली मुलुक पोर्चुगलले छिमेकी मुलुक स्पेनसँगको सबै सिमा नाकाहरु बन्द गरेको घोषणा गरेको छ । पोर्चुगलको सरकारले आज अपरान्ह एक सूचना जारी गरी दुबै देशमा कोरोना भाइरसको प्रकोप तीव्र गतिमा फैलिरहेको र यसलाई नियन्त्रणका लागि भन्दै स्पेन हुँदै पोर्चुगल आउने गाडी तथा यात्रुहरुको आवागमन बन्द भएको घोषणा गरेको हो ।
यो नियम आजराती स्थानीय समय अनुसार १२ बजेपछिबाट लागू हुनेछ । पोर्चुगलको सेफ कमिसनले एक सूचना जारी गरी अत्यावश्यक काममा हुनेहरुलाई रातिको ११ बजेसम्म आफ्नो देश फर्कनका लागि सूचना जारी गरेको छ । यो सूचना जारी भएसँगै पोर्चुगलमा रहेका तथा स्पेनमा रहेकाहरुले रातिको ११ बजेसम्म दुईदेशमा आउजाउ गर्न पाउनेछन् ।

रातिको १२ बजेपछि आगामी अप्रिल १५ सम्मका लागि दुईदेशबीचको सिमा लकडाउन भएको छ । पछिल्लो समयमा पोर्चुगलमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि त्यहाँको सरकारले आजैबाट लागूहुने गरी शैक्षिक संस्थाहरु बन्द गरिसकेको छ भने आम नागरिकलाई पनि अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
यो समाचार तयार पार्दसम्म स्पेनमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३ सय ३५ जनाको ज्यान गै सकेको छ । जसमध्ये ४१ जना विगत २४ घण्टा यता ज्यान गुमाउनेहरु छन् । यस्तै स्पेनमा हालसम्म ९ हजार ४ सय ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । यस्तै पोर्चुगलमा हालसम्म कोरोनाका कारण १ जनाको ज्यान गएको छ भने ३ सय ३१ जना संक्रमित भेटिएका छन् ।
सरकारको यो निर्देशनसँगै पोर्चुगल र स्पेनको पर्यटनबजार भने नराम्ररी प्रभावित हुने देखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ्का पन्त बने कमेडी च्याम्पियन, जिते २५ लाख नगद र एउटा कार पनि
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । धादिङ्का हिमेश पन्त स्ट्याण्ड अफ...
कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइरसको दोश्रो लहरले...
भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो
२०७६ चैत्र २८ गते शुक्रबार
१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै...
पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना
२०७६ मंशिर २३ गते सोमबार
गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...
Top