प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने

Best Khabar Team | २०७६ फाल्गुन ३० गते शुक्रबार


१३ मार्च, २०२०
काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । करिब २ साता लामो अस्पतालको बसाई पछि प्रधानमन्त्री ओली आज काठमाडौंको शिक्षण अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्केका हुन् ।

दोश्रो पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भएकोले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । बालुवाटारमा रहँदा समेत विशेष आराम गर्न तथा बैठक तथा भेटवार्तामा सहभागी नहुन प्रधानमन्त्रीलाई चिकित्सकहरुले अनुरोध गरेका छन् । बालुवाटारमा रहँदा प्रधानमन्त्री निजी चिकित्सक एवं मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख डा. दिव्या सिंहको निगरानीमा रहने छन् ।

सिंह प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणमा सहभागी भएकी थिइन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण फागुन २१ गते भएको थियो । त्यसका लागि प्रधानमन्त्री फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनलाई उनकी भान्जी समीक्षा संग्रौलाले मृगौला दिएकी थिइन् । संग्रलौला भने हिजोमात्रै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । उनको अवस्था पनि सामान्य रहेको बताइएको छ ।

अस्पतालबाट डिस्चार्ज भएपनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पूर्ण सुधार आएर पुरानै अवस्थामा फर्कन भने करिब ६ महिना लाग्नसक्ने चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीको यसअघि १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उनको भारतको एपोलो अस्पतालमा मृगौला फेरिएको थियो । त्यसबेला उपचारमा संलग्न भारतीय चिकित्सक पनि यसपटकको मृगौला प्रत्यारोपणमा सहभागी भएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’ अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’

२०७७ मंशिर २७ गते शनिबार

१२ डिसेम्बर, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै...

गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित) गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)

२०७७ श्रावण २१ गते बुधबार

०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका...

किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि

२०७७ मंशिर २० गते शनिबार

०५ डिसेम्बर, २०२०काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको...

आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०नयाँदिल्ली । भारत र चीनबीचको सीमावर्ती क्षेत्र...

Top