Best Khabar Team | २०७६ फाल्गुन २८ गते बुधबार
११ मार्च, २०२०
लण्डन । पछिल्लो समयमा विश्वव्यापी बन्दै गएको कारोना भाइरसको संक्रमणमा बेलायतकी स्वास्थ्यमन्त्री समेत परेकी छन् । नादीन डोरिज नाम गरेकी बेलायती स्वास्थ्यमन्त्रीमा हालै गरिएको परिक्षणमा कोरोनाको संक्रमण देखिएको हो ।

केहीसमयअघि उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रयोगशालामा गरिएका विभिन्न परिक्षणबाट उनमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको थियो । बेलायतमा रहेको कन्जर्वेटिभ पार्टीका तर्फबाट सांसद समेत रहेकी उनको स्वास्थ्य परिक्षणमा कोरोना देखिएपछि हाल उनलाई उनकै निवासमा क्वारेन्टाइनमा राखिएको छ भने आवश्यक चिकित्सक र चिकित्सकीय सहयोग पनि उपलब्ध गराउँदै आइएको विविसीले उल्लेख गरेको छ ।
पछिल्लो केही महिनायता बेलायतमा फैलिएको कोरोनाका कारण अहिलेसम्म ६ जनाको मृत्यु भै सकेको छ भने करिब ४ सयजनामा संक्रमण देखिएको छ । कोरोनाको संक्रमण फैलिन थालेपछि सरकारले यसलाई नियन्त्रण गर्न विभिन्न उपाय अपनाउन थालेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा भूकम्प, भूकम्पको केन्द्रबिन्दु हरियाणा
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०नयाँदिल्ली । भारतमा केहीबेरअघि भूकम्प गएको छ...
औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना...
५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ?
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ
२०७७ बैशाख १६ गते मंगलबार
२८ अप्रिल, २०२०गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता...
Top