Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०
दोहो । कतारले कोरोना भाईरसको प्रकोप रोक्नका लागि विश्वका विभिन्न १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको छ । कतारले नेपाल, भारत, इराक, इरान, लेबनान, इजिप्ट, चीन, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, फिलिपिन्सलगायतका देशका नागरिकलाई तत्कालका लागि कतारको कुनैपनि भूभागमा प्रवेशमा अस्थायी रोक लगाएको जनाएको छ ।
विशेष गरी कोरोना प्रभावित मुलुक र सोसँग सिमाना जोडिएका खतरापूर्ण देशहरुका नागरिकलाई प्रवेशमा रोक लगाएको हो । यसका अलवा थाईल्याण्ड र सिरियाबाट कतार जाने हवाई यात्रुहरुमाथि पनि अस्थायी प्रतिबन्ध लगाईको छ । कतारमा हालसम्म १५ जनामा कोरोनाको संक्रमण देखिएपछि यसको संक्रमण फैलिन नदिन ती देशका नागरिकलाई तत्काल कतारमा हवाई तथा अन्य माध्यमबाट आउनका लागि रोक लगाईको कतारको सरकारले जनाएको छ ।
कतारले यसअघि इटलीसँगको हवाईसम्पर्क भने तत्कालका लागि स्थगित गरिसकेको छ । कतारले कोरोनाको संक्रमण बढ्न नदिन यस्तो निर्णय गर्नुपरेको यसबाट असहज परिस्थिति प्रति क्षमायाचना समेत गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन्
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित...
झण्डै १ दर्जन देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय देउवा नेतृत्वको सरकारद्वारा खारेज
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१काठमाडौं । विश्वका विभिन्न ११ देशका लागि...
मुक्तिनाथ हिँडेका २ विदेशी र एक नेपाली नागरिक अन्नपूर्ण क्षेत्रबाट ‘वेपत्ता’
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२०पोखरा । प्रसिद्ध अन्नपूर्ण राउन्डको पदयात्रामा २...
हिमालय एयरलाइन्सको मलेसिया उडान एक वर्षपछि पुनः सुचारु
२०७६ मंशिर २५ गते बुधबार
११ डिसेम्बर, २०१९ क्वालालाम्पुर । स्थगित भएको झण्डै १३...
Top