Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०
दोहो । कतारले कोरोना भाईरसको प्रकोप रोक्नका लागि विश्वका विभिन्न १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको छ । कतारले नेपाल, भारत, इराक, इरान, लेबनान, इजिप्ट, चीन, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, फिलिपिन्सलगायतका देशका नागरिकलाई तत्कालका लागि कतारको कुनैपनि भूभागमा प्रवेशमा अस्थायी रोक लगाएको जनाएको छ ।
विशेष गरी कोरोना प्रभावित मुलुक र सोसँग सिमाना जोडिएका खतरापूर्ण देशहरुका नागरिकलाई प्रवेशमा रोक लगाएको हो । यसका अलवा थाईल्याण्ड र सिरियाबाट कतार जाने हवाई यात्रुहरुमाथि पनि अस्थायी प्रतिबन्ध लगाईको छ । कतारमा हालसम्म १५ जनामा कोरोनाको संक्रमण देखिएपछि यसको संक्रमण फैलिन नदिन ती देशका नागरिकलाई तत्काल कतारमा हवाई तथा अन्य माध्यमबाट आउनका लागि रोक लगाईको कतारको सरकारले जनाएको छ ।
कतारले यसअघि इटलीसँगको हवाईसम्पर्क भने तत्कालका लागि स्थगित गरिसकेको छ । कतारले कोरोनाको संक्रमण बढ्न नदिन यस्तो निर्णय गर्नुपरेको यसबाट असहज परिस्थिति प्रति क्षमायाचना समेत गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
२०८२ असार १ गते आइतबार
१५ जुन, २०२५नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड...
गैरआवासीय नेपाली संघ दुई टुक्रामा विभाजित : पराजित शर्मा समूहद्वारा समानान्तर कार्यसमिति घोषणा
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३काठमाडौं । गैर आवासीय नेपाली संघ फेरि...
अष्ट्रेलियामा आगोको वितण्डा
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा...
कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...
Top