Best Khabar Team | २०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२०
– सुनिल तिवारी, न्यूर्योक । चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापी बन्दै हालसम्म विश्वका ६० भन्दा बढी मुलुकका नागरिकहरुलाई प्रभावित बनाउन सफल भएको छ । पछिल्लो समयमा अमेरिकामा पनि कोरोना भाइरसले विभिन्न राज्यका मानिसहरुलाई संक्रमित तुल्याएको छ ।
यहाँको सरकारले दिएको जानकारी अनुसार हालसम्म शुक्रबार स्थानीय समय अनुसार दिउँसो १ बजेसम्म अमेरिकाका १५ राज्यमा कोरोनाको संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म ११ जनाको कोरोनाको संक्रमणबाट ज्यान गै सकेको छ भने १ सय ६० जना संक्रमित देखिएको छ । स्थानीय पत्रपत्रिका तथा टेलिभिजनमा जनाईए अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्यको रुपमा क्यालिफोर्निया रहेको छ ।
यसका अलावा वासिंटन डिसी, न्यूयोर्कलगायतका राज्यमा पनि विरामीहरुको संख्या बढ्दै गएको छ । हालसम्म क्यालिफोर्नियामा ३६ जना संक्रमित भेटिएका छन् । गएराति न्यूर्योकमा थप २ जना संक्रमित भेटिएपछि यो राज्यमा मात्रै कोरोनाबाट संक्रमितको संख्या १३ पुगेको छ ।
यसका अलावा वासिंटन डिसीमा ३९ जना, एरिजोनामा २, फ्लोरिडामा ३, जर्जियामा २, इलिनोयामा ४, माचाचुसेट्समा २, न्यू ह्याम्पशायरमा २, मासाचुसेट्समा २, न्यूजर्सीमा १, नर्थ क्यारोलिनामा १, ओरेगनमा ३, रोढ आइल्याण्डमा २, विसकन्सिमा १ र टेक्सासमा १ जनामा कोरोनाको संक्रमण भेटिएको बताइएको छ ।
कोरोनाले विभिन्न राज्यमा प्रभाव फैलाएपछि यहाँका ठूला कम्पनी तथा विभिन्न कारखानामा काम गर्नेहरुलाई विशेष सचेत गराइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गम थलोको रुपमा...
कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...
बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै...
आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता
२०७६ पुष १५ गते मंगलबार
– आनन्द शर्मा नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि देशभित्र...
Top