पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो

Best Khabar Team | २०७६ फाल्गुन २२ गते बिहिबार


०५ मार्च, २०२०
पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो ७२ घण्टायता २ जनाबाट शुरुभएको कोरोनाको संक्रमण बिहीबार साँझसम्म आइपुग्दा ९ जनामा फैलिएको छ । पछिल्लो समयमा राजधानी लिस्बोनको पूर्वमा अवस्थित आरादोराको माध्यमिक तहको विद्यालयमा पढाउने शिक्षिकामै कोरोनाको संक्रमण भेटिएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती शिक्षिकालाई केही समय अघि क्यारेन्टाईनमा राखेर उनको खकार परिक्षण गरिएको थियो । परीक्षणबाट उनमा कोरोना पोजेटिभ भएको भेटिएपछि विद्यालयका शिक्षक तथा ६ वटा कक्षाका विद्यार्थीहरुलाई समेत आइसोलेसनमा राखिएको छ ।

युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुक इटली घुमेर केहीसमयअघि फर्केकी ती पोर्चुगिस शिक्षिकामा कोरोनाको भाइरस देखिएपछि सो विद्यालयका शिक्षण तथा कर्मचारीलाई पनि आइसोलेसनमा राखिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । पोर्चुगलको उत्तरी शहर पोर्तोमा पहिलो पटक २ जनामा कोरोना संक्रमण देखिएको भएपनि बिहीबार साँझसम्म यो संख्या बढेर ९ पुगेको छ ।

जसमा दुई जना महिला कोरोना संक्रमणमा परेका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि यहाँको प्रहरी तथा नियमक निकायहरुले सावधानी अपनाउन विशेष आग्रह गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारत बन्यो विश्वकै चौथो कोरोना प्रभावित मुलुक : एकैदिन झण्डै १० हजार संक्रमित थपिए, मृतकको संख्या ८ हजार नाघ्यो भारत बन्यो विश्वकै चौथो कोरोना प्रभावित मुलुक : एकैदिन झण्डै १० हजार संक्रमित थपिए, मृतकको संख्या ८ हजार नाघ्यो

२०७७ जेठ २९ गते बिहिबार

११ मे, २०२०नयाँदिल्ली । भारत विश्वमै सबैभन्दा बढी कोरोना...

रोकियो स्ववियु चुनाव रोकियो स्ववियु चुनाव

२०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२० काठमाडौं । ३ वर्षपछि हुन लागेको...

देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...

युरोपेली देश ग्रीसमा भयानक रेल दुर्घटना : ३६ को मृत्यु, सयौं घाइते युरोपेली देश ग्रीसमा भयानक रेल दुर्घटना : ३६ को मृत्यु, सयौं घाइते

२०७९ फाल्गुन १७ गते बुधबार

०१ मार्च, २०२३लिंकलोभर, बेल्जियम । युरोपेली मुलुक ग्रीसमा गएराति...

Top