Best Khabar Team | २०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२काठमाडौं । दोलखा घर भएकी बालिका खड्का नाम गरेकी एक महिलाले पूर्व सञ्चारमन्त्री एवं प्रदेशनम्बर एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । उनले राईलाई आफ्नो श्रीमान् भएको भन्दै उनले अंश समेत भराई पाउँ भनी अदालतमा मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौं स्रोतले जानकारी दिएको छ ।
मुद्दामा उनले राईसँग आफूले २०७१ सालदेखि राईसँग श्रीमतीको रुपमा विताएको र अहिले आएर उनले वेवास्ता गरेको भन्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनेकी छन् । राईले आफूमाथि पटक पटक यौन दुव्यवहार तथा घरेलु हिंसा गरेको उनले दायर गरेको मुद्दामा उल्लेख छ । कतिपय अवस्थामा आफूमाथि राईबाट शारीरिक यातना समेत हुने गरेको भन्दै उनले आफूले राईसँग यो विषयमा धेरैपटक कुरा गरेको भएपनि उनले वेवास्ता गरेका कारण बाध्य भएर अदालतको ढोका ढक्ढक्याउनु परेको उल्लेख छ ।
मुद्दामा उनले आफू २०७१ सालदेखि राईसँगै रहेको भन्दै राई मन्त्री भएका बेला आफूलाई काठमाडौंको गल्फुटारमा कोठा भाडामा लिएर राखेको बताएकी छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बंगलादेशबाट २५९ जना नेपालीको उद्दार
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकाबाट २...
बेलायतमा नयाँ प्रकारको कोरोना संक्रमण देखिएसँगै युरोपका अधिकांश देशद्वारा हवाई उडानमा रोक
२०७७ पुष ७ गते मंगलबार
२२डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पछिल्ला दिनहरुमा कोरोना भाइसरका कडा...
साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९ रियाद । सन् २०१८ को अक्टोबर...
सिन्धुपाल्चोक पहिरोमा वेपत्ता सबैको परिचय खुल्यो, एक गर्भवतीसहित ३८ वेपत्ता, ५ को शव भेटियो (नामावलीसहित)
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुफाल गाउँपालिकाको वडा...
Top