कोरियामा कोरोना कहर : सुरक्षित रहन नेपालीलाई दूतावासको आग्रह

Best Khabar Team | २०७६ फाल्गुन ११ गते आइतबार


२३ फेब्रुअरी, २०२०
सोल । दक्षिण कोरियामा पछिल्लो केहीदिनयता तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसबाट बच्नका लागि सिओलस्थित नेपाली दूतावासले यहाँ रहेका हजारौं नेपालीलाई विशेष आग्रह गरेको छ । चीनको हुवाई प्रान्तबाट फैलिएको कोरोनाले हाल दक्षिण कोरियाका विभिन्न शहरमा महामारीको रुप लिएपछि दूतावासले यहाँ रहेको सबै नेपालीहरुलाई विशेष सावधानी अपनाउन भनेको हो ।

दूतावासले अनावश्यक रुपमा भीडभाडमा नजान, मास्कको प्रयोग गर्न र कुनै लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा उपचार गराउन नेपालीहरुलाई भनेको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसका कारण २ जनाले ज्यान गुमाएका छन् भने करिब पाँच सय जनामा यसको संक्रमण देखिएको छ ।

संक्रमण बढ्दै गएपछि दक्षिण कोरियाली सरकारले यहाँका करोडौं मानिसलाई घरबाहिर नस्किन र सुरक्षा सतर्कता अपनाउन भनेको छ । रोजगारीका लागि हाल दक्षिण कोरियामा करिब ४० हजार नेपाली कार्यरत रहेको बताइएको छ । तत्काल उनीहरुले सुरक्षा सावधानी नअपनाउने हो भने चीनमा जस्तै कोरोनाले महामारीको रुप लिएमा उनीहरुलाई नेपाल फर्काउन निक्कै कठिन हुने देखिन्छ ।

चीनबाट फैलिएको कोरोनाका कारण हालसम्म विश्वका ३० देशमा विरामी परेका छन् भने पछिल्लो केहीदिन यता दक्षिण कोरियामा यसले महामारीको रुप लिएको छ । चीनमा कोरोनाका कारण हालसम्म करिब २ हजार ३ सय जनाले ज्यान गुमाईसकेका छन् भने ८० हजारमा यसको संक्रमण देखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट) धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट)

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक...

नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना ! नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी...

नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त

२०७७ भाद्र १० गते बुधबार

२६ अगस्ट, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्ला...

फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० काठमाडौं । सरकारले भव्य कार्यक्रम गरी...

Top