Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार

२० फेब्रुअरी, २०२०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सिंहदबारस्थित सञ्चार मन्त्रालयमा छापा मारेर सञ्चारमन्त्री गोकुल बास्कोटाको कार्यकक्षमा रहेको कागजपत्रमा शिलबन्दी गरेको छ । सेक्युरिटी प्रेस खरिदसम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज साँझ सिंहदबारस्थित मन्त्री बास्कोटाको कार्यकक्षमा छापा मारेर त्यहाँ रहेका दराज तथा अन्य कागजातमा सिलबन्दी गरेको हो ।

अख्तियार स्रोतका अनुसार करोडौं रुपैयाँ भ्रष्टाचार हुने गरी विवादास्पद समाचार बाहिर आएपछि मन्त्रीको कार्यकक्षमा छापा मारेर त्यहाँ राखेको कागजात सिलबन्दी गरिएको हो । सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिएपछि अख्तियारको टोली मन्त्रालय पुगेर उनको कार्यकक्षमा रहेको दराजमा रहेका महत्वपूर्ण कागजातमा सिलबन्दी गरेको हो । अख्तियार स्रोतका अनुसार यो घटनाका विषयमा अख्तियारले आफ्नै ढंगले छानबिन प्रक्रिया अघि बढाउने छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २...
एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी
२०७६ पुष ६ गते आइतबार
२३ डिसेम्बर, २०१९ काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेललाई...
New Height of Mount Everest 8848.68 metres
२०७७ मंशिर २३ गते मंगलबार
08, December, 2020 THE HIGHEST POINT on Earth has a...
भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको...
Top