सञ्चारमन्त्रीको कार्यकक्षमा अख्तियारको छापा, कागजपत्र सिलबन्दी

Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार


२० फेब्रुअरी, २०२०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सिंहदबारस्थित सञ्चार मन्त्रालयमा छापा मारेर सञ्चारमन्त्री गोकुल बास्कोटाको कार्यकक्षमा रहेको कागजपत्रमा शिलबन्दी गरेको छ । सेक्युरिटी प्रेस खरिदसम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज साँझ सिंहदबारस्थित मन्त्री बास्कोटाको कार्यकक्षमा छापा मारेर त्यहाँ रहेका दराज तथा अन्य कागजातमा सिलबन्दी गरेको हो ।

अख्तियार स्रोतका अनुसार करोडौं रुपैयाँ भ्रष्टाचार हुने गरी विवादास्पद समाचार बाहिर आएपछि मन्त्रीको कार्यकक्षमा छापा मारेर त्यहाँ राखेको कागजात सिलबन्दी गरिएको हो । सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिएपछि अख्तियारको टोली मन्त्रालय पुगेर उनको कार्यकक्षमा रहेको दराजमा रहेका महत्वपूर्ण कागजातमा सिलबन्दी गरेको हो । अख्तियार स्रोतका अनुसार यो घटनाका विषयमा अख्तियारले आफ्नै ढंगले छानबिन प्रक्रिया अघि बढाउने छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा कोरोना :  २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो भारतमा कोरोना : २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२० नयाँदिल्ली । भारतमा कोरोनाको संक्रमणबाट हालसम्म...

नेपाल भ्रमणवर्ष २०२० : फोबर्स पत्रिकाले राख्यो नेपाललाई २ विधामा उत्कृष्ट देशको सूचीमा नेपाल भ्रमणवर्ष २०२० : फोबर्स पत्रिकाले राख्यो नेपाललाई २ विधामा उत्कृष्ट देशको सूचीमा

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९काठमाडौं । मुलुकमा २० लाख पर्यटक भित्र्या-उने...

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो

२०७७ माघ २९ गते बिहिबार

११ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...

डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा ! डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !

२०७९ पुष २५ गते सोमबार

०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...

Top