Best Khabar Team | २०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०
काठमाडौं । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथ क्षेत्र आसपासमा रहेका छाप्रे टहराहरु हटाईने भएको छन् । विश्वभरका हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेका पशुपतिनाथको दक्षिण, पूर्व तथा पश्चिम क्षेत्रमा रहेका फूलअक्षता तथा माला एवं अन्य सामग्री बेचविखन गर्ने टहराहरु आगामी शिवरात्रीपछि हटाईने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
क्षेत्र विकास कोषले तत्कालै यो निर्णय कार्यान्वयन गर्ने तयारी गरेका भएपनि नजिकिँदो शिवरात्री पर्वलाई मध्यनजर गर्दै तत्काल यो निर्णय कार्यान्वयन नहुने भएको छ । शिवरात्रीमा पशुपनिनाथमा लाखौं भक्तजन आउने हुँदा तत्काल टहरा भत्काउँदा भक्तजनको आवगमनमा कठिनाइ हुने भएकाले शिवरात्रीपछि टहरा भत्काइने कोषको भनाई छ ।
यद्यपि कोषले सो क्षेत्रमा टहरा राखेर पसल चलाईरहेका व्यापारीहरुलाई बाँकी रहेको भाडा भुक्तानी गर्न र शिवरात्रीपछि टहरा भत्काईने हुनाले बैकल्पिक व्यवस्था गर्न भनेको छ । यस्ता टहराहरुले पशुपतिनाथ क्षेत्रको सौन्दर्य विगारेको निर्णयसहित तत्काल यो भत्काउन क्षेत्रविकास कोषले तदारुकता देखाएको छ । विक्रम सम्बत् २०६६ मा कोषले तत्कालका लागि अस्थाई टहरा राख्न दिने निर्णय गरेसँगै हाल सो क्षेत्रमा करिब ४ सय टहराहरुमा फूलमाला, पर्यटक तथा भक्तजन केन्द्रीय सामग्री बेचविखन भै रहेको छ ।
क्षेत्र विकास कोषका अनुसार विशेष गरी गोरखनाथ क्षेत्र, मृगस्थली, कैलाश डाँडा तथा बनगणेश पञ्चदेवल बृद्धाआश्रमको छेउमा रहेका कूल करिब २ सय टहराहरु भत्काईने छ । यसअघि सरकारले पशुपनिनाथ क्षेत्रमा रहेका करिब ५ सय बढी पक्की घरहरु भत्काएर त्यहाँका स्थायी बासिन्दालाई अन्यत्र बस्ने व्यवस्था गरेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशभर १०९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको उपचार सफल
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १...
फ्रान्समा कोरोना : बुधबार हाल सम्मकै सबैभन्दा धेरै १४ सय ३८ जनाको ज्यान गयो
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० पेरिस । युरोपेली मुलुक फ्रान्समा कोरोना...
तीव्र रुपमा फैलिँदै कोरोना : १८० जनाले गुमाए ज्यान
२०७६ माघ १६ गते बिहिबार
३० जनवरी,२०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले...
दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)
२०७६ चैत्र ७ गते शुक्रबार
२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
Top