आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात

Best Khabar Team | २०७६ फाल्गुन २ गते शुक्रबार


१४ फेब्रुअरी, २०२०
काठमाडौं । आज अँग्रेजी पात्रो अनुसार फेब्रुअरी महिनाको १४ तारिख । विश्वभर प्रेम जोडीहरुले एक आपसमा प्रेम साटासाट गरी यो दिवस मनाउँदै छन् । नेपाल सहित विश्वभर आज मनाइने प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ को नामले बढी प्रचलित छ । प्रणय दिवस पश्चिमा सँस्कृति भए पनि नेपालका युवा युवतीबीच पछिल्ला वर्षहरुको यो लोकप्रीय बन्दै गै रहेको । रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गर्दै सामूहिक विवाह गराइदिएका थिए ।

तर युवा युवती प्रेममा लागे सैनिक शासन प्रभावित हुन्छ भनेर भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएपछि उनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ । त्यसैको निरन्तरताको रुपमा यो दिवस बनाउन थालिएको हो । तर यो दिवस आउनु एक साता अघि देखि नै विभिन्न दिनको रुपमा यसलाई सप्ताहव्यापी रुपमा मनाउने चलन पनि रहि आएको छ । जुन विकृतीको रुपमा रहेको संस्कृतिविद्हरु बताउँछन् ।

एक तथ्यांक अनुसार यो वर्ष करिब १ करोड रुपैयाँ बराबरको गुलावको फूलमात्रै आयात भएको देखिएको छ । विशेष गरी युवा जोडीले आपसमा माया र बाँड्न आपसमा गुलाव फूल साटासाट गर्दछन् । यसरी आयात हुने गुलावको पहिलो हिस्सा भारतले ओगटेको छ । यस्तै चीनबाट पनि थोरै परिमाणमा गुलाव आयात हुने गर्दछ । यो दिन लाखौँका गुलाबका फूल तथा उपहारको व्यापार हुने गरेको गरेको विगतको प्रणय दिवसहरुले देखाएको छ । प्रणय दिवसलाई लक्षित गरी यो वर्ष भारतबाट करिब ८० लाख बराबरको रातो गुलावको आयात गरिएको बताइएको छ ।

यो दिन रातो गुलाव आपसमा साटासाट गर्दै प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने दिनको रुपमा विकसित हुँदै गएको छ । आफूलाई मन परेको व्यक्तिसामु आजैका दिन प्रेम प्रस्ताव राख्ने चलन पनि छ । प्रणय दिवसको दिन उपत्यकालगायत देशका विभिन्न ठाउँमा प्रेमपत्र लेखनलगायतका कार्यक्रमहरु समेत आयोजना गरिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर...

पोखरामा  कोरोना संक्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (अपडेट) पोखरामा कोरोना संक्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (अपडेट)

२०७६ चैत्र २१ गते शुक्रबार

०३ मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा एक...

यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द...

नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै  धेरै संक्रमित नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना...

Top