Best Khabar Team | २०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२०
घोराही । दाङ्गमा आज दिउँसो फरक फरक समयका परेको चट्याङ्ग लागेर २ बालबालिकासहित ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङ्गले दिएको जानकारी अनुसार जिल्लाको तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका आज दिउँसो छुट्टाछुट्टै समयमा परेको चट्याङ्गमा परी ३ जनाको ज्यान गएको हो ।
तुलसीपुर उपमहानगरपालिका स्थित गीता चौधरी र लक्ष्मी आचार्यको घरमा एकै समयमा दुईवटा चट्याङ्ग परेको थियो । जसमा परी दुई जनाको मृत्यु भएको थियो । यस्तै घोराहीको हापुरमा रहेको सूर्यबहादुर पुरीको घरमा सोही आसपासको समयमा परेको चट्याङ्गबाट अर्का एक जनाको घटनास्थलमै ज्यान गएको हो ।
सो घटनामा स्थानीय ७ वर्षकी बालिका सृष्टि चौधरी र सोही ठाउँकै ५४ वर्षीया लक्ष्मी आचार्यको उपचारको क्रममा तुलसीपुरमा निधन भएको हो । यस्तै घोराहीमा भएको अर्को घटनामा स्थानीय ८ वर्षका बालक ताराबहादुर देव पुरीको ज्यान गएको छ । उनको पनि उपचारका लागि अस्पताल पु¥याएलगत्तै ज्यान गएको हो । मृतक सबै घर आसपासमै रहेका बेला एक्कासी चट्याङ्ग परेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई तत्काल चिन लैजाँदैनौं : चिनियाँ दूतावास
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० काठमाडौं । दुईसाताअघि काठमाडौंका विभिन्न स्थानबाट...
अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर)...
कोरोनाका कारण विश्वभर अहिलेसम्म ५ लाख बढीको मृत्यु
२०७७ असार १४ गते आइतबार
२८ जुन, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...
महान पर्व बडादशैं शुरु, आज घटस्थापना
२०८० आश्विन २८ गते आइतबार
१५ अक्टोबर, २०२३काठमाडौं । नेपालीहरुको महानपर्व दशैं आजबाट विधिबत्रुपमा...
Top