चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु

Best Khabar Team | २०७६ माघ २५ गते शनिबार


०८ फेब्रुअरी, २०२०
घोराही । दाङ्गमा आज दिउँसो फरक फरक समयका परेको चट्याङ्ग लागेर २ बालबालिकासहित ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङ्गले दिएको जानकारी अनुसार जिल्लाको तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका आज दिउँसो छुट्टाछुट्टै समयमा परेको चट्याङ्गमा परी ३ जनाको ज्यान गएको हो ।

तुलसीपुर उपमहानगरपालिका स्थित गीता चौधरी र लक्ष्मी आचार्यको घरमा एकै समयमा दुईवटा चट्याङ्ग परेको थियो । जसमा परी दुई जनाको मृत्यु भएको थियो । यस्तै घोराहीको हापुरमा रहेको सूर्यबहादुर पुरीको घरमा सोही आसपासको समयमा परेको चट्याङ्गबाट अर्का एक जनाको घटनास्थलमै ज्यान गएको हो ।

सो घटनामा स्थानीय ७ वर्षकी बालिका सृष्टि चौधरी र सोही ठाउँकै ५४ वर्षीया लक्ष्मी आचार्यको उपचारको क्रममा तुलसीपुरमा निधन भएको हो । यस्तै घोराहीमा भएको अर्को घटनामा स्थानीय ८ वर्षका बालक ताराबहादुर देव पुरीको ज्यान गएको छ । उनको पनि उपचारका लागि अस्पताल पु¥याएलगत्तै ज्यान गएको हो । मृतक सबै घर आसपासमै रहेका बेला एक्कासी चट्याङ्ग परेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व

२०८२ भाद्र २८ गते शनिबार

नेपालको इतिहाँसमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायधीश सुशीला...

धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै

२०७७ जेठ २० गते मंगलबार

०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी...

काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र...

काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...

Top